१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु

राजविराज– राजविराज–भारदह सडकखण्डअन्तर्गत सप्तरीको देउरी भरुवामा गएराति भारतीय मालबाहक ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा राजविराज नगरपालिका–१३ बस्ने १७ वर्षीय प्रमोद यादव रहेको प्रहरीले जनाएको छ । साथै, सोही दुर्घटनामा परी १४ वर्षीय नीरज यादव र १९ वर्षीय सञ्जीव यादव समेत गम्भीर घाइते भएका छन्। 

राजविराजबाट भारदहतर्फ गइरहेको बिआर ८८०५ नम्बरको भारतीय मालबाहक ट्रकले र विपरीत दिशाबाट आउँदै गरेको को ६ प ३५०२ नम्बरको यादव सवार मोटरसाइकललाई ठक्क्र दिएको थियो। 

घाइतेको उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र ठक्कर दिने मालबाहक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

मिठाई पसलमा आगलागी 

यसैबीच, सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ मा एउटा मिठाई पसलमा बुधबार आगलागी हुँदा रु तीन लाखभन्दा बढीको क्षति भएको छ। 

स्थानीय गंगाराम साहको मिठाई पसलमा ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा रु तीनलाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

त्यस्तै, सोही ठाउँमा रहेका छिमेकी रामनाथ साहको मिठाई पसलमा समेत आगलागीबाट क्षति भएको पीडितले जनाएका छन्। 

आगोलाई स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । रासस 

प्रकाशित: २९ भाद्र २०७४ ०६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App