जसले दर्जनौं नेतालाई खोस्टामा लुकाएर बचाइन्

बिहिबार, २९ भदौ २०७४, ११ : ३३ दमन राई

खोटाङ– भूमिगत होस् या खुला राजनीतिमा स्थानीयको प्रत्यक्ष/अप्रत्यक्ष सहयोग रहन्छ । स्थानीयको सहयोगबिना शासक या शासनका विरुद्धमा हुने कुनैपनि आन्दोलन सफल हुन सक्दैन। राणा विरोधी आन्दोलन, पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन, सशस्त्र जनआन्दोलन लगायतका आन्दोलनमा घरैमा बसेर हजारौं स्थानीयले जोखिम मोलेर सहयोग गरे । पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा जोखिम मोलेर तत्कालिन भूमिगत आन्दोलनकर्मीलाई सहयोग गर्नेमध्येकी एक हुन् खोटाङको लामीडाँडा गाउँपालिका–६ हौंचुर चापखर्ककी ९७ वर्षीय झिमामायाँ गुरुङ।

 प्रशासन र प्रहरीले लखेटेका नेतालाई उसबेला आश्रय दिनु चानचुने कुरा थिएन । र, हत्तपत्त त्यस्तो जोखिम मोल्न जो कोही तयार हुदैनथे। राजनीतिक चेतको विकास पनि भएको थिएन। तर, गुरुङले जिल्लामा पञ्चायत विरुद्धको भूमिगत आन्दोलनमा लागेका कैयौं आन्दोलनकर्मीलाई सेल्टर दिएकी थिइन्। लेखपढ नभए पनि सामाजिक रुपान्तरणका सवालमा मरिमेट्ने गुरुङलाई वामपन्थी नेताले ‘सेल्टरदाता’का रुपमा मान्छन्। 

विशेषगरी शासक र शासनका विरुद्धमा असहमती जनाउँदै भूमिगत बनेका जिल्लाका राजकुमार अथक, रमेश राई, बाबुराम राई, बबी चामलीङ लगायतका वामपन्थी नेतालाई उनले मटानमा मकैको खोस्टामा लुकाएर सहयोग गरेकी थिइन्। तत्कालीन प्रहरी र प्रशासनको नजरबाट सुरक्षित, एकान्त र हत्तपत्ता कोही नपुग्ने भएकाले पनि भूमिगत नेताले २०३९ सालताका गुरुङको घरलाई सेल्टर बनाएका थिए । उनीहरुमध्ये बबी चामलीङ हाल एमालेका जिल्ला अध्यक्ष एवम् समन्वय समितिका प्रमुख छन्। रमेश राई संघीय समाजबादी फोरमका पोलिटव्यूरो सदस्य छन् । ‘लुकेर बसेका नेतामध्ये अहिले कोही एमालेका, कोही माओबादीका ठूला नेता भए,’ गुरुङ भन्छिन्, ‘भूमिगत नेतालाई आश्रय दिएको चाल पाएका भए सर्वस्वहरण खेप्नु पर्ने थिएछ।’ 

१९७८ सालमा जन्मिएकी झिमामायाँ क्रान्तीकारी स्वभावकी थिइन् । व्यवस्थाका विरुद्धमा लडेका नेतालाई उनले खाना र आवासको व्यवस्था मिलाएर हौसला प्रदान गरे। सुरक्षित आश्रयका कारण भूमिगत नेताले उनको घरमा दस्तावेज, माओत्सेतुङ, काल माक्र्स लगायतका कम्युनिष्ट नेता सम्बन्धी पुस्तकहरू लुकाएर राख्ने गरेकी थिइन । प्रहरी आउने थाहा भए आउनु लगावै पुस्तक जलाइदिएको उनका छोरा मोहन गुरुङ बताउँछन्। 

‘म केटाकेटी अवस्थामा थिएँ, प्रहरीले थाहा पाउनु अगावै पुस्तक र दस्तावेज जलाइदिनु भन्थे,’ हाल नयाँ शक्तीका नेता रहेका मोहनले भने, ‘त्यो पुस्तक प्रहरीले भेटेको भए हाम्रो सर्वस्वहरण हुन्थ्यो छ, आमा–छोरालाई जेलमा हालिन्थ्यो या गोली नै हानिन्थ्यो होला ।’ सुरक्षित सेल्टरकै कारण २०४२ सालमा अखिल एकता पाँचौंको पाँचौं जिल्ला सम्मेलन हौंचुरपोखरीमा गरिएको थियो। इन्द्रेणीपोखरीमा गर्ने भनिएको सम्मेलन प्रशासनले चाल पाएपछि रातारात झुक्याएर हौंचुरपोखरीमा सारिएको गुरुङ बताउँछन्। 

समाजको क्रान्तीकारी रुपान्तरणका लागि महिला मुक्ती आन्दोलनमा उठेका सबै खाले अभियानमा आफूलाई समाहित गर्दै निरंकुसता विरोधी क्रान्तीकारी योद्धालाई आश्रय स्थल उपलब्ध गराएर महिला आन्दोलनमार्फत देश र जनताको पक्षमा पु¥याएको योगदानको मूल्यांकन गरी झिमामायाँलाई एमाले निकट अखिल नेपाल महिला संघले ६५ औं स्थापना दिवसको अवसर पारेर २०७३ साल फागुन २४ गते अभिनन्दन गरेको थियो । पञ्चायती व्यवस्थाका विरुद्ध भूमिगत नेतालाई हौसना स्वरुप संरक्षण दिएकी उनी बुढेसकालमा पनि सक्रिय छिन् । अनुहार चाउरिए र केस पाके पनि उनको श्रवन शक्ती अझै पनि बलियो छ । बोली पनि उत्तिकै तगडा छ। 

पञ्चायतकालीन नेता बिरेन्द्रकेसरी पोखरेल, पर्शुराम राई, दिपबहादुर राई, रत्न राई, केदार राईदेखि हालका एमाले नेता पर्शुराम कार्की, बिशाल भट्टराई लगायतसँग उनी परिचित छिन् । उनका छोरा मोहन पनि वामपन्थी राजनीति हुँदै हाल नयाँ शक्तीको राजनीतिमा क्रियासिल छन् । मुलुकमा बेला–बेलामा शासन र शासक परिवर्तन भए पनि जनताको प्रवृत्तिमा कुनै परिवर्तन नआएको झिमामायाँको दुखेसो छ। 

 





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad