१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

माटो खन्नेक्रममा ढुंगाले किच्दा युवतीको मृत्यु

खोटाङ– माटो खन्नेक्रममा ढुंगाले किच्दा ओखलढुंगामा एक युवतीको मृत्यु भएको छ। एक घाईते भएका छन् । माटो खान्नेक्रममा माथिबाट खसेको ढुंगाले हिर्काउँदा चम्पादेवी गाउँपालिका–५ मालिङ्गेकी २० वर्षीया कोपिला कट्वालको मृत्यु भएको हो । माटो खनिरहेको अवस्थामा झरेको ढुंगाले लाग्दा कट्वालको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

ढुंगाले लाग्दा कोपिलासँगै माटो खन्न गएकी सोही ठाउँकी मनमायाँ घिसिङ घाईते भएकी छन् । घाईतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

प्रकाशित: २७ भाद्र २०७४ १३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App