१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गैरआवासीय नेपालीका सन्तानलाई चार वर्षे राहदानी दिने निर्णय

काठमाडौं— सरकारले विदेशी भूमिमा जन्मेका गैरआवासीय नेपाली नागरिकका सन्तानलाई ४ वर्षे अवधिको राहदानी दिने निर्णय गरेको छ। मन्त्रीहरुको संख्या ५४ पुगेपछि सोमबार मन्त्रिपरिषद बैठक बसेको थियो। सो बैठकले बढीमा चार वर्षका लागि यस्तो राहदानी जारी गर्ने निर्णय गरेको हो।

'मन्त्रिपरिषद बैठकले विदेशमा बसोबास गर्ने नेपाली नागरिकका सन्तानका लागि ४ वर्षे अवधिको राहदानी उपलब्ध गराउने निर्णय गरेको छ', सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले त। बालिग भएपछि भने उनीहरुले नागरिकता बनाएर दश वर्षे राहदानी बनाउन सक्ने उनले बताए।

सरकारले विदेशमा रहेका नेपालीका हकमा दुई वर्षे अवधिका लागि राहदानी दिने निर्णय यसअघि गरेको थियो। अब सो अवधि बढेर ४ वर्ष हुनेछ। 'मन्त्रिपरिषद बैठकले विदेशमा बसोबास गर्ने नेपाली नागरिकका सन्तानका लागि ४ वर्षे अवधिको राहदानी उपलब्ध गराउने निर्णय गरेको छ', सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले त। बालिग भएपछि भने उनीहरुले नागरिकता बनाएर दश वर्षे राहदानी बनाउन सक्ने उनले बताए।

विदेश बस्ने नेपालीले सन्तानको नागरिकता नहुँदा राहदानी बनाउन समस्या परेको गुनासो गर्दै आएका सन्दर्भमा सरकारले यस्तो व्यवस्था गरेको हो।

प्रकाशित: २६ भाद्र २०७४ ११:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App