१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ज्वाइँको आक्रमणबाट ससुरा घाईते

घाइते पदमबहादुर पाण्डे

खोटाङ – ज्वाइँको आक्रमणबाट खोटाङमा ससुरा घाईते भएका छन्। रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीका ज्वाइँ गणेश खनालको सांघातिक आक्रमणबाट रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका पदमबहादुर पाण्डे घाईते भएका हुन्।

खनालले ससुरालीमै आएर आईतबार विहान सुतीरहेकै ठाउँमा लट्ठी र खुकुरीले आक्रमण गरेको प्रहरीले जनाएको छ। आक्रमणबाट टाउको, ढाड र खुट्टामा चोट लागेका पाण्डेको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ ।

ठाउँ–ठाउँमा चोट भएपनि पाण्डेको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ। आक्रमणपछि उनलाई आईतबार नै अस्पतालमा भर्ना गरिएको हो। सुरुमा लट्ठीले टाउकामा प्रहार गरेपछि खुकुरीले आक्रमण गरेको घाईते पाण्डेले बताए। २०/२२ दिनअघि छोरी हिरासँग काठमाडौं गएका खनाल केही दिनअघि घर आएको आएका थिए। सँगै हिँडेको हिरा सम्पर्कविहिन बनेपछि खनाल खोजी गर्दै ससुरालीमा आइपुगेको स्थानीयको भनाई छ। श्रीमती हराएको विषयमा ससुरासँग विवाद भएपछि उनले आक्रमण गरेको आफन्तले बताएका छन्।

ज्वाइँबाट घाईते भएका पाण्डेले आईतबार नै घाउ जाँच केस फारमका लागि निवेदन दिएको जिल्ला प्रहरी कार्यालय खोटाङका मुद्दा शाखाका सई मनोज यादवले बताए। ‘ससुरामाथि खुकुरी प्रहार गरेको जानकारी आएको छ,’ यादवले भने, ‘घाउ जाँचपछि कुटपिट, अंगभंग, सार्वजनिक अपराध वा ज्यान मार्ने उद्योग ठहर्छ र सोही अनुसार कारबाही अघि बढ्छ।’

ससुरा कुटपिट गर्ने खनाल ५ वर्षअघि दिक्तेलका होटल व्यवसायी योगराज लुइँटेल कुटपिटमा मुछिएका थिए। तीन वर्षअघि दिएको ऋण उठाउन गएका होटल व्यवसायी लुइँटेललाई २०६९ साल पुस १४ गते खनाल र उनका बुवा बृखबहादुरले निर्घात कुटपिट गरेका थिए।

प्रकाशित: २६ भाद्र २०७४ १०:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App