१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

यसरी हटाउनुस् अनुहारको दाग

अनुहारमा देखिने दागले अनुहारको सुन्दरतालाई गायब पार्छ । त्यसैले दाग हटाउन घरेलु उपाय अपनाउन सकिन्छ । अनुहारका दाग हटाउने घरेलु उपाय निम्न छन् :
स्ट्रबेरी
स्ट्रबेरीको पेस्ट बनाएर दाग भएको ठाउँमा १५ मिनेटसम्म त्यत्तिकै राख्नुहोस् । त्यसपछि पेस्ट लगाइएको अनुहारलाई चिसो पानीले सफा गर्नुहोस् । यसले केही दिनमा नै दाग हराउँदै जान्छ ।
कागतीको रस
दाग भएको ठाउँमा कागतीको रस लगाएर त्यसलाई आधा घण्टासम्म त्यत्तिकै राखेर सफा पानीले सफा गर्दा  बिस्तारै दाग कम हुँदैै जान्छ । यसलाई नियमित प्रयोग गर्दा दाग पूरै हराउन सक्छ ।
मेवा
पाकेको मेवालाई दाग भएको ठाउँमा लगाएर हल्का मसाज गरी २० मिनेटपछि मन तातो पानीले सफा गर्नाले पनि दागलाई हटाउन सकिन्छ ।
जैतुनको तेल
दाग भएको ठाउँमा जैतुनको तेलले मालिस गर्दा यो बिस्तारै हराउन सक्छ ।
खरबुजा
खरबुजाको रसमा चामलको पिठो मिसाएर बनाएको पेस्ट अनुहारमा लगाउनुस् ।  यसलाई १५ मिनेटसम्म अनुहारमा सुक्ने गरी राख्नुस् । त्यसपछि अनुहार पखाल्नुस् । यसो गर्दा दाग कम हुँदै जान्छ ।

घ्यूकुमारी
छालाको समग्र सुन्दरताका लागि घ्यूकुमारी ज्यादै उपयोगी वनस्पति मानिन्छ । घ्यूकुमारीको गुदीलाई दाग भएको ठाउँमा लगाएर ४५ मिनेटसम्म सुक्न दिनुपर्छ । त्यसपछि सफा पानीले अनुहार सफा गर्नुपर्छ । यसले केही समयममा नै दागको समस्याबाट छुटकारा दिन्छ ।
चन्दन
चन्दन घोटेर गुलाब जल अथवा दूधसँग मिलाएर पेस्टलाई लेप बनाएर दाग भएको ठाउँमा दल्ने र एक घण्टापछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।
बदाम
बदामलाई पानी वा दूधमा १२ घण्टा भिजाई यसको बोक्रालाई फालेर गुलाबजलमा मिसाएर पेस्ट बनाउनुहोस् ।  यसरी तयार पारेको लेपलाई दाग लागेको ठाउँमा लगाएर सुकाउनुस् । सुकिसकेपछि सफा पानीले सफा गर्नुहोस् । यस्तो प्रक्रिया हरेक दिन दोहोर्याउँदै जाँदा यसले दागलाई क्रमशः विलिन पार्छ ।
जाइफल
जाइफललाई मरिचसँग मिसाई पिस्ने र यसमा काँचो दूध मिसाएर पेस्ट बनाई अनुहारमा लगाउनुहोस् । यसको दुई घण्टापछि अनुहारलाई सफा पानीले सफा गर्नुहोस् । यसो गर्नाले दागसँगै डन्डिफोर पनि हराएर जान्छ । तर जाइफलको नियमित प्रयोग भने गर्नु हुँदैन ।

 

प्रकाशित: २६ भाद्र २०७४ ०५:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App