१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

श्रीमानद्वारा श्रीमतीको हत्या

सुर्खेत- सल्यानको पञ्चपुली गाउँपालिका–६ का टेकबहादुर विकले श्रीमतीको हत्या गरेका छन्। कुलपूजाका लागि भन्दै सल्यानबाट सुर्खेतको गुर्भाकोट नगरपालिका–२ को गोचेखोलामा ल्याएर ३० वर्षीय विकले २४ वर्षकी श्रीमती पञ्चकली विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीका अनुसार आइतबार विहान ७ बजेतिर घरबाट कुलपूजा गर्ने भन्दै श्रीमती ल्याएर आएका विकले १० बजेतिर श्रीमतिको हत्या गरेका थिए । सलले घाँटी बेरेर हत्या गरेपछि टेकबहादुरले गोचेखोलामै पञ्चकलीको शव गाडेका थिए । सलले घाँटी बेरेर हत्या गरेपछि उनले अनुहार कसैले नचिनोस् भनेर ढुङ्गाले अनुहार क्षतविक्षत पारेका थिए ।

श्रमितीको हत्या गरेर आफ्नै घरको गोठमा सुतिरहेको अवस्थामा टेकबहादुरलाई प्रहरीले पक्राउ गरेको थियो । प्रारम्भीक बयानमा उनले आवेकमा आएर श्रीमतीको हत्या गरेको बताएका छन् ।

 

प्रकाशित: २५ भाद्र २०७४ १३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App