१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राप्रपा प्रजातान्त्रिक संसदीय दलको नेतामा बोहोरा सर्वसम्मत

दीपक बोहोरा। फाइल तस्विर

काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) संसदीय दलको नेतामा दीपक बोहोरा सर्वसम्मत चयन भएका छन्। अध्यक्ष पशुपतिसम्सेशर राणाको प्रस्तावमा बोहोरा सर्वसम्मत चयन भएका हुन्। संसदीय दल उपनेतामा विक्रम पाण्डे चयन भएका छन्।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातान्त्र पार्टीबाट फुटेर बनेको राप्रपा प्रजातान्त्रिकलाई संसदीय दलको नेता चयनसँगै सरकारमा जाने बाटो खुलेको छ। राप्रपा प्रजातान्त्रिकका तर्फबाट ४ मन्त्रालय माग गरिए पनि प्रधानमन्त्रीले तीन वटा मन्त्रालय दिनसक्ने बताउँदै आएका छन्।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातान्त्र पार्टीबाट फुटेर बनेको राप्रपा प्रजातान्त्रिकलाई संसदीय दलको नेता चयनसँगै सरकारमा जाने बाटो खुलेको छ। राप्रपा प्रजातान्त्रिक संसदीय दलका नेता बोहोराकाे नेतृत्वमा सरकारमा सहभागी हुनेछ। उसले ४ मन्त्रालय माग गरिए पनि प्रधानमन्त्रीले तीन वटा मन्त्रालय दिनसक्ने बताउँदै आएका छन्।

राप्रपा प्रजातान्त्रिकबाट मन्त्री बन्ने सूचिमा संसदीय दलका नेता दीपक बोहोरा, उपनेता विक्रम पाण्डे एवं रामकुमार सुब्बा र सुनिल थापाको नाम छ। प्रधानमन्त्रीले तीन जनाको नाम दिन भने पनि राप्रपाको आन्तरिक समीकरण मिलाउन चार जनालाई मन्त्री बनाउनुपर्ने भएपछि प्रधानमन्त्री समक्ष नाम पठाउन ढिलाइ भइरहेको छ।

'प्रधानमन्त्रीले तीनजना भन्दा बढीलाई मन्त्री बनाउन सक्दिनँ भन्नुभएको छ', बालुवाटार स्रोतले भन्यो, 'तीन जनाको नाम पठाउनु भयो भने आजै मन्त्रिपरिषद विस्तार हुनसक्छ।'

प्रधानमन्त्री देउवाले उद्योग, विज्ञान तथा प्रविधि, शान्ति तथा पुननिर्माण एवं उद्योग मन्त्रालयमध्येबाट राप्रपा प्रजातान्त्रिकलाई तीन मन्त्रालय दिने तयारी गरेका छन्। केही माओवादी मन्त्रीहरुले प्रधानमन्त्री समक्ष मन्त्रालय परिवर्तन गरिदिन आग्रह गर्दै आएका छन्। त्यसमा प्रधानमन्त्री सहमत भए माओवादीले पाइरहेका केही मन्त्रालय राप्रपा प्रजातान्त्रिकको भागमा जानेछन् भने प्रधानमन्त्रीसँग भएका मन्त्रालय माओवादी मन्त्री हुनेछन्।

प्रकाशित: २५ भाद्र २०७४ ०७:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App