१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

कस्ती महिला सुन्दर ?

सलोन बस्नेत, अभिनेता
सुरुमा त मलाई आफ्नालागि आफैँ खर्च जुटाउन सक्ने केटी मनपर्छ किनभने ‘लाइफ’ भनेको परिवर्तनशील हुन्छ । अचेलको जमानामा पनि अरुमा भर पर्ने केटी के काम ? त्यसैले सुरुमा आत्मनिर्भर हुनुपर्यो । त्यसपछि राम्री हुनुपर्यो । लबिङ, केयरिङ टाइपको केटी मलाई मनपर्छ । त्यस्तै नयाँ चिज के भइरहेको छ, के हुँदैछ भन्नेबारे अपडेट भइरहने केटी मेरो रोजाइमा पर्छ । त्यस्तै फेसनमा पनि टच भइरहने तर फेसन फेसन मात्रै नभनेर उसलाई ‘कन्फर्टेबल’ पनि हुने खालको हुनुपर्यो । आधा दिन कपडै स्याहारेर बस्ने खालका केटी मलाई मन पर्दैन । ठूला आँखा भएका पनि त्यति मन पर्दैन, साना भएका पनि मन पर्दैन, ठिक्कको भए राम्रो लाग्छ । बानीबेहोरा राम्रो हुनुपर्यो, बोलीचाली पनि मीठो हुनुपर्यो । अब बुझ्नु भयो, मलाई कस्ती केटी मन पर्छ !

 

प्रकाशित: २५ भाद्र २०७४ ०६:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App