१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

धनुषा एमालेमा तीब्र असन्तुष्ट, टिकेट बेचेको आरोप

जनकपुर- धनुषा एमालेमा तीब्र असन्तुष्टि छाएको छ। पार्टीको निर्णयविपरीत टिकट वितरण गरेको भन्दै पार्टीमा तीब्र असन्तुष्टि छाएको हो। शुक्रबार बिहान पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै टिकट वितरणमा ठूलो चलखेल भएको जनाएको छ। असन्तुष्ट पक्षले एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादव र केन्द्रीय सदस्य रघुवीर महासेठ यसको जिम्मेवार रहेको आरोप लगाएका छन्। उनीहरुले पार्टीको नीतिविपरीत काम गर्नेहरुलाई कारबाहीको मागसमेत गरेका छन्।

पत्रकार सम्मेलनमा जनकपुर उपहानगरपालिकाका विभिन्न वडामा पार्टी निर्णयविपरीत टिकेट वितरण गरेको आरोप लगाए। वडा ८ मा मोहन उपाध्यक्षको निर्णय भएकोमा दिनेशकुमार सिंहलाई दिएको, वडा ११ मा राम सिथिल मण्डलको सट्टा विनोद मण्डल, वडा १३ मा कमला कवाडको ठाउँमा शुभनारायण मण्डल, वडा २० मा धैर्यकान्त झाको ठाउँमा रामसोभित दास, वडा २२ मा रामसोभित मण्डलको ठाउँमा कौशल मण्डल र वडा २५ मा परमेश्वर यादवको ठाउँमा प्रदीप कुमार ठाकुरलाई टिकेट दिएको उनीहरुको आरोप छ।

त्यस्तै नगराई नगरपालिका वडा ७ मा ब्रह्मदेव मण्डलको ठाउँमा रामदुलार मुखिया, वडा ८ मा सुरेन्द्र मण्डलको ठाउँको सन्जय राउत र कमला नगरपालिका वडा ६ मा मदुकनाथ ठाउँमा नगेन महतोलाई टिकेट दिएको आरोप उनीहरुले लगाएका छन्।

 

 

 

प्रकाशित: २३ भाद्र २०७४ ०५:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App