मलेसिया जाने कामदार बढे

शुक्रबार, २३ भदौ २०७४, १० : ४८ नागरिक

काठमाडौं- रोजगारीका लागि मलेसिया जाने क्रम पुनः बढेको छ । आर्थिक वर्ष ०७२÷७३ को तुलनामा काम खोज्न मलेसिया जाने कामदारको संख्या करिब १० प्रतिशतले वृद्धि भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
आर्थिक वर्ष ०७३÷७४ मा ९८ हजार चार सय ३७ कामदार नयाँ श्रम स्वीकृति लिएर गएपछि मलेसिया तेस्रो गन्तव्यबाट दोस्रो बन्न पुगेको हो । मलेसिया जाने कामदारको संख्या बढे पनि आर्थिक वर्ष ०७३÷७४ मा नेपालका लागि पहिलो गन्तव्य भने कतार हुन पुगेको छ ।
आर्थिक वर्ष ०७२÷७३ मा कतार दोस्रो र साउदी अरेबिया पहिलो गन्तव्य थिए । त्यतिखेर मलेसिया तेस्रो गन्तव्य थियो । आर्थिक वर्ष ०७२÷७३ को तुलनामा करिब चार हजार कम कामदार कतारी रोजगारदाताले लिए पनि कतार कुल कामदारमध्ये ३१ प्रतिशतको रोजाइमा परेर पहिलो गन्तव्य बन्न पुगेको हो । कतारमा आर्थिक वर्ष ०७२÷७३ मा एक लाख २९ हजार ३८ कामदार गएकोमा आर्थिक वर्ष ०७३÷७४ मा एक लाख २५ हजार आठ सय ९२ गएका छन् ।
पछिल्लो वर्ष साउदी अरेबियालाई करिब पाँच प्रतिशतले पछि पार्दै मलेसिया दोस्रो गन्तव्यमा उक्लिएको हो । आर्थिक वर्ष ०७२÷७३ मा साउदी अरेबिया जानेको संख्या एक लाख ३८ हजार पाँच सय २९ थियो । आर्थिक वर्ष ०७३÷७४ मा साउदी अरेबिया जानेको संख्या ७६ हजार आठ सय ८८ छ ।
साउदी घट्नुको कारण
अघिल्लो वर्ष पहिलो गन्तव्यमा रहेको साउदी अरेबियामा आर्थिक वर्ष ०७३÷७४ मा जाने संख्या घटेपछि त्यसको कारण खोज्न थालिएको छ ।
मलेसिया र कतारको आर्थिक अवस्था राम्रो नहुँदा नहुँदै पनि साउदी जानेको संख्या घटेपछि वैदेशिक रोजगार विभागका कर्मचारीले थालेको सरसर्ती अध्ययनले साउदीका रोजगारदाता कामदारमैत्री हुन नसकेको देखाएको छ । विभागका एक अधिकारीले पछिल्लो समयमा साउदीका रोजगादारताले मनपरी गरिरहेको भन्दै कामदारले गुनासो र उजुरी गर्ने क्रम बढेपछि नयाँ कामदारलाई सोही देश जान समस्या भइरहेको बताए ।
नेपाली कामदार मलेसियन रोजगारदाताबाट समेत उत्तिकै सताइने गरे पनि मलेसियाको खुल्ला समाज र हावापानीले साथ दिइरहेको वैदेशिक रोजगार व्यवसायी बताउँछन् । पछिल्लो समयमा खाडी मुलुक र मलेसियाको रोजगारीलाई धेरैले मन नपराउने गरे पनि अन्य विकल्प नहुँदा समस्या भइरहेको व्यवसायी बताउँछन् । नेपालले अब खाडी मुलुक र मलेसियाको विकल्प खोज्नुपर्ने बेला आए पनि सरकारी निकायले नयाँ र राम्रा गन्तव्य खोज्ने कामलाई प्राथमिकतामा नराख्दा कामदारले राम्रो आर्थिक प्रगति गर्न नसकेको धेरैको भनाइ छ ।
हाल नेपालले विश्वका एक सय १० देशमा रोजगारीका लागि श्रम स्वीकृति दिने गरे पनि करिब ९५ प्रतिशत कामदार खाडी मुलुक र मलेसिया नै जाने गरेका छन् । विभागका अनुसार हालसम्म करिब ४४ लाख युवायुवती श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । आर्थिक वर्ष ०७३÷७४ मा नयाँ र पुरानो श्रम स्वीकृति लिएर ६ लाख ५५ हजार युवायुवती वैदेशिक रोजगारीमा गएको विभागका निर्देशक मोहन अधिकारीले बताए । कतार, मलेसिया र साउदी अरेबियापछि धेरै कामदार जाने गन्तव्य संयुक्त अरब इमिरेट्स, कुबेत, बहराइन, ओमान, जोर्डन हुन् ।







यसमा तपाईको मत


अन्य समाचार

कस्तो भ्याक्युम क्लिनर किन्ने ? -  भ्याक्युम क्लिनर खरिद गाइड

कस्तो भ्याक्युम क्लिनर किन्ने ? - भ्याक्युम क्लिनर खरिद गाइड

भ्याक्युम क्लिनर किन्दा के के हेरेर किन्ने ? कस्तो किन्ने ? ...

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै उत्पादन शुरु गरेको हो ...

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

घरको के को बनाउने भन्दा पनि घर बनाऊँदा के कस्तो कुरामा ध्यान दिनु भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ । विधि...

डाबर नेपालको  रियल मिक्स्ड फ्रुट मसला

डाबर नेपालको रियल मिक्स्ड फ्रुट मसला

फ्रुट जुसको बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल रियलले उपभोक्ताहरुलाई अझ बढी छनौट प्रदान गर्न चटपटा र स्पाइसी मसला स्वादका...

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना...

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...