१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वडा अध्यक्षका चार उम्मेदवारमाथि उजुरी

बारा – असोज २ हुन लागेको तेश्रो चरणको स्थानीय तहको बुधवार मनोनयन पत्र दर्ता गराएका विभिन्न उपमहानरपालिका र नगरपालिकाका चार जना वडा अध्यक्षहरु माथि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। 

नेकपा एमालेका तर्फबाट मनोनयन दर्ता गराएका दुई जना वडा अध्यक्षका उम्मेदवार  नेपाली काँग्रेसका एक जना र माओवादी केन्द्रका तर्फबाट एक गरी चार जना माथि उजुरी परेको हो। 

महागढीमाई नगरपालिका वडा नं. ७ मा माओवादी केन्द्रबाट वडा अध्यक्षमा मनोनयन दर्ता गराएका शशिकान्त मिश्र माथि उजुरी परेको बताइएको छ। 

मिश्रलाई काठमाडौँ जिल्ला अदालतले २०७३ असार ३२ गते ठगी, सरकारी छाप, दस्तखत किर्ते गरेको मुद्दामा एक वर्ष चार महिना १५ दिन कैद र तीन लाख रुपैया जरिवाना हुने फैसला गरेको मुद्दामा उनी फरार रहेका उजुरी कर्ताले बताएका छन । अदालतले कैद र नगद जरिवाना गरेका व्यक्ति उम्मेदवारी दिएको थाहा पाएपछि मिश्रको मनोनयन पत्र बदर गर्नको लागि दाबी विरोध परेको महागढीमाई नगरपालिकाको निर्वाचन अधिकृत खडानन्द गौतमले बताएका छन। 

सोही वडाबाट अर्का पार्टीका अध्यक्षका उम्मेदवार दिलिप सुक्लाले अदालतले गरेको फैसलाको नक्कल सहित मनोनयन पत्र खारेज गर्नका लागि दाबी विरोध गरेको गौतमले बताए। 

शुक्लाले दावी विरोध गरेको निवेदन दर्ता गरिएको र त्यसको बारेमा अनुसन्धान शुरु गरिएको उनले बताए। 

कलैया उपमहानगरपालिका वडा नं. १० का एमाले पार्टीबाट मनोनयन पत्र दर्ता गराएका  वडा अध्यक्षका उम्मेदवार कपिलदेव प्रसाद कानु र नेपाली काग्रेसका वडा अध्यक्षका उम्मेदवार धनसुन्दर महतो कोइरी माथि उजुरी परेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताएका छन। 

सोही वडाबाट वडा अध्यक्षको लागि मनोनयन दर्ता गराएका नुर हसन मियाले दुबै वडाअध्यक्षका उम्मेदवारहरुको विरोधमा अदालतबाट सजायँ पाएको भन्दै दिएको मुख्य निर्वाचन अधिकृत थापाले बताए। 

त्यसै गरी जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १० का नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार राजेन्द्र प्रसाद सिंह माथि उजुरी परेको छ । वडाध्यक्षका उम्मेद्वार सिंहले शिक्षकबाट अवकाश भइ पेन्सन खाइरहेको विषय सहितको उजुरी परेको निर्वाचन अधिकृत विर प्रसाद भुर्तेलले बताएका छन।  

उजुरी परेका उम्मेदवारहरूलाई शुक्रवारसम्म जवाफ पेश गर्न निर्देशन दिइएको मुख्य निर्वाचन अधिकृत थापाले बताएका छन्। 

जिल्लाका १६ वटा स्थानीय तहहरूमा एक सय ६७ वडाहरू रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

प्रकाशित: २२ भाद्र २०७४ १३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App