१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज

काठमाडौं— स्वास्थ्य मन्त्रालयले अस्पताल सञ्चालन अनुमतिबिनै सम्बन्धन पाएको घट्टेकुलोस्थित काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज भएको छ। त्रिवि कार्यकारी परिषदले सम्बन्धन खारेजको निर्णय गरेको हो। गोविन्द केसीले अनसनमा उठाएको माग उल्लंघन गर्दै त्रिविले फर्जी प्रतिवेदनका अाधारमा सम्बन्धन दिएको थियो। सो कार्यको सर्वत्र  विरोध भएपछि गत शनिबार एउटा कार्यकारी परिषदले एउटा छानवीन समिति बनाइएको थियो। त्यो छानवीन समितिले बुधबार मध्यान्ह प्रतिवेदन बुझाए लगत्तै कार्यकारी परिषद बैठक बसेको हो।

'माइन्युट हुन बाँकी छ', त्रिवि रजिष्ट्रार डिल्लीराम उप्रेतीले नागरिकन्युजसँग भने, 'केहीबेरमा औपचारिक निर्णय अाउँछ।' 

गोविन्द केसीले अनसनमा उठाएको माग उल्लंघन गर्दै त्रिविले फर्जी प्रतिवेदनका अाधारमा सम्बन्धन दिएको थियो। सो कार्यको सर्वत्र  विरोध भएपछि गत शनिबार एउटा कार्यकारी परिषदले एउटा छानवीन समिति बनाइएको थियो। त्यो छानवीन समितिले बुधबार मध्यान्ह प्रतिवेदन बुझाए लगत्तै कार्यकारी परिषद बैठक बसेको हो। अपरान्ह बसेको सो बैठकले  काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने निर्णय गरेको हो।

'माइन्युट हुन बाँकी छ', त्रिवि रजिष्ट्रार डिल्लीराम उप्रेतीले नागरिकन्युजसँग भने, 'केहीबेरमा औपचारिक निर्णय अाउँछ।' 

परिषदले सम्बन्धन खारेजीको आधार  अस्पताल सञ्चानल अनुमति नभएको र पूर्वाधार नपुगेको औंल्याएको छ। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बन्धन खारेज नगरे त्रिवि पदाधिकारीलाई कारवाही गर्ने चेतावनी दिएका थिए। त्यसपछि पदाधिकारीले सम्बन्धन स्थगन गरी छानवीन समिति बनाएका थिए।

सरकारले अाजै डा.गोविन्द केसीले मागअनुसारको मेडिकल कलेजसम्बन्धी छानवीन समितिको म्याद पनि थप गर्ने निर्णय समेत गरेको छ। 

यसैगरी विश्वविद्यालय तथा प्राज्ञिक निकायमा हुने नियुक्तिका लागि मापदण्ड निर्धारणका लागि गठित समितिलाई समेत कार्यादेश दिइएको छ। यो निर्णयसँगै अाजदेखि अनसन बस्न लागेका डा.गोविन्द केसीलाई सरकारले अनसन स्थगित गर्न अाग्रह गर्न लागेको बताइएको छ।

 

प्रकाशित: २१ भाद्र २०७४ ०९:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App