१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गाईको मासु बेचेको आरोपमा दुई पक्राउ

नवलपरासी –  नवलपरासीमा राष्ट्रिय जनावर गाई काटेर मासु बेचेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। गाई काटेको आरोपमा घटनाको चार दिनपछि नवलपरासी मध्यविन्दु नगरपालिका–९ वसन्तपुरमा स्थानीयवासी बुद्ध विकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। 

विकले पालेको ३ वर्षको गाई गाउँकै केसी विकले सामुदायिक वनमा काटेर गाउँलेलाई बेचेको प्रहरीको भनाइ छ । स्थानीय थुम्कीदेवी सामुदायिक वनमा गत शनिबार लुकाएर काटेको गाई गाउँलेलाई भाग लगाएर बेचेको उनीहरुमाथि आरोप छ । यसबारे स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि बुद्ध र केशवलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालयमा नियन्त्रणमा राखिएको छ । गाई काटेको जानकारी पाएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। 

अधिवक्ता हरिनारायण रेग्मीका अनुसार मुलुकी ऐन चौपाया महलमा जानीजानी गाई वा गोरु मारेमा १२ वर्ष कैद र वचन दिनेलाई (आदेश दिनेलाई) ६ वर्ष कैद सजायको व्यवस्था गरेको छ । प्रहरीले उनीहरुलाई धर्म खलबल गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ। रासस 

प्रकाशित: २१ भाद्र २०७४ ०८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App