१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

साउनमा ८६ अर्ब ७० करोडको आयात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ८६ अर्ब ७० करोड ४८ लाख रुपैयाँको सामान आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार यो पोहोर साउनको तुलनामा २३.५७ प्रतिशतले बढी हो । पोहोर साउनमा ७० अर्ब १६ करोड ५७ लाखको सामान आयात भएको थियो ।  

आयात उल्लेख्य बढे पनि निर्यात भने घटेको छ । साउनमा ६ अर्ब ७९ करोड ७७ लाखको सामान निर्यात भएको भन्सारको तथ्यांकले देखाउँछ । यो पोहोर साउनको तुलनामा ३.५० प्रतिशतले कम हो । पोहोर साउनमा ६ अर्ब ९५ करोड आठ लाख रुपैयाँको निर्यात भएको थियो । साउनको व्यापार घाटा ७९ अर्ब ९१ करोड रुपैयाँ छ ।

विगत जस्तै यस वर्ष पनि सबैभन्दा धेरै व्यापार भारत र चीनसँग भएको छ । साउनमा भारतबाट ५५ अर्ब ७२ करोड रुपैयाँको आयात भएको छ । तीन अर्ब ६३ करोड रुपैयाँको सामान भारत निर्यात भएको छ । साउनमा भारतसँगको व्यापारमा ५२ अर्ब ९ करोड रुपैयाँ घाटा छ । 

चीनसँगको व्यापारमा ११ अर्ब रुपैयाँ घाटा भएको छ । साउनमा चीनबाट ११ अर्ब १५ करोड ४९ लाखको आयात भएकोमा १५ करोड ४० रुपैयाँको निर्यात भएको छ । तेस्रो स्थानमा रहेको अर्जेन्टिनाबाट दुई अर्ब ४२ करोड ५५ लाख रुपैयाँको आयात भएकोमा निर्यात शून्य छ । 

साउनमा अमेरिका, बेलायत, चेक रिपब्लिक, नर्वे, नामिबिया, पोर्चुगल लगायत देशसँगको व्यापार नाफामा छ । ११ वटादेशसँग निर्यात मात्र भएको छ । आयात शून्य छ । 

गत आवमा वैदेशिक व्यापारमा नौ खर्ब नौ अर्ब ३५ करोड ५१ लाख रुपैयाँ घाटा बेहोरेको मुलुकले चालु आवमा त्योभन्दा बढी घाटा बेहोर्नुपर्ने संकेत देखिएको छ । गत वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा २९ प्रतिशतले बढी घाटा भएको थियो ।  गत आर्थिक वर्षमा नौ खर्ब ८४ अर्ब ६ करोड ७८ लाख रुपैयाँको आयात भएको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २७ प्रतिशतले बढी हो । 

गत आर्थिक वर्षमा निर्यात भने जम्मा ७४ अर्ब ७१ करोड २६ लाखको भएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा ६.३५ प्रतिशतले बढी हो । आयात र निर्यात गरेर गत वर्ष कुल १० खर्ब ५८ अर्ब ७८ करोड चार लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । 

 

प्रकाशित: २१ भाद्र २०७४ ०५:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App