१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जीवन बचाउन अस्पतालको बेडबाट सहयोगको याचना

काठमाडौं- चितवन माडीका लेखनाथ चालिसेले उपचारको लागि सहयोगको याचना गरेका छन्। एन्सेफ्लाईटीसबाट पीडित उनी यतिबेला महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेका छन्। उनी एक महिनादेखि बेहोस अबस्थामा अस्पतालको आइसियूमा जीवनमरणको अबस्थामा छन्। ३५ बर्षका चालिसेको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको छ । चिकित्सकहरुले सुधार हुन धेरै समय लाग्ने भनेकाले रकम जुटाउनुपर्ने आबस्यकता रहेको विरामी चालिसेका ससुरा शोभाप्रसाद शर्माले बताए ।

‘सहृदयी दयालु महानुभावहरुको सानो सहयोग रकमले मेरो ज्वाईंको जिवन बच्नसक्छ । स्वस्थ भएपछि उहाँले समाजका लागि केही योगदान गर्न सक्ने उमेर छ। सेवा नै परम धर्म सम्झेर प्राण बचाउन सहयोगका लागि मेरो सबैमा निवेदन छ,’ शर्माले भने । सहयोगका लागि ग्लोबल आइएमई बैंकमा अकाउण्ट नम्वर, ४५०७०१०००१०१२ (यमुना शर्मा) वा मोवाइल नम्वर, ९८५१०९८९१४ (भोला चालिसे), वा ९८६१४८६७८० (सरला पौडेल) वा ९८४७७६२७०६ (शोभा शर्मा) लाई सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रकाशित: २० भाद्र २०७४ ००:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App