१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नयाँ सरकार पनि जम्बो बन्ने

काठमाडौं- नेपाली कांग्रेसको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बन्ने नयाँ सरकारको आकार पनि जम्बो हुने भएको छ। पार्टीभित्रबाट मन्त्रिपरिषद्को आकार सानो बनाउन नेतृत्वलाई दबाब परे पनि गठबन्धनका अन्य दलका साथै पार्टीभित्रैको गुट व्यवस्थापन गर्नुपर्दा नयाँ सरकारको पनि आकार बढ्ने भएको हो।

कांग्रेसलाई १२, माओवादीलाई सरकारको नेतृत्वसहित ८, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई २, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई २ मन्त्रालय दिनुका साथै प्रेमबहादुर सिंहसहित साना दललाई पनि सरकारमा सहभागी गराउने तयारीसँगै आकार बढ्ने एक नेताले जानकारी दिए।

प्रकाशित: १३ श्रावण २०७३ ०२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App