१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कोसी बाँध सुरक्षा गर्न नेपाल सक्षम : परराष्ट्रमन्त्री

काठमाडौं- उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले कोसी बाँधको सुरक्षा गर्न नेपाल सक्षम रहेको बताएका छन्। राप्रपा नेपालको केन्द्रीय समिति बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले कोसी बाँधको सुरक्षाका लागि सबै सुरक्षा निकायले आवश्यक काम गरिसकेको बताए।

'कोसी बाँधको सुरक्षाका लागि कुनै समस्या छैन, नेपालले त्यसको सुरक्षामा कुनै प्रकारको कमजोरी हुन दिने छैन,' थापाले भने, 'यो बाँधको सुरक्षा गर्न नेपाल सक्षम छ। यसमा कुनै प्रकारको शंका नगर्न आग्रह गछु।'

थापाले यस विषयमा सबै सुरक्षा निकायलाई आवश्यक कदम चाल्न निर्देशन दिइसकेको बताए। विभिन्न इस्लामिक अतिवादी समूह र माओवादीबाट खतरा रहेको बताउँदै नेपालको स्थानीय प्रशासनलाई भारतीय समकक्षीले केही दिनअघि पत्रचार गरेको थियो। दुवै देशका उच्च निकायबाट नभई स्थानीय तहबाट त्यस प्रकारको गम्भीर सूचना सार्वजनिक रुपमा आएपछि त्यसभित्रको नियत खोज्न थालिएको छ।

यसैबीच नेकपा क्रान्तिकारी माओवादीले भारतीय अधिकारीले बिनाआधार कोसी बाँधमा माओवादीको नाम जोडेकोमा आपत्ति जनाएको छ। अध्यक्ष मोहन वैद्यले जारी गरेको विज्ञप्तिमा तल्लो निकायबाट पत्राचार हुनुले हस्तक्षेप तल्लो तहबाटै भइरहेको प्रष्ट भएको जनाएको छ।

प्रकाशित: १३ श्रावण २०७३ ०२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App