१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री महरा भोलि चीन जाँदै

काठमाडौं-  उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भदौ २१ देखि २६ गतेसम्म चीनको भ्रमण गर्ने भएका छन् । चीनका विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा उनी चीन जान लागेका हुन् । उपप्रधान तथा परराष्ट्रमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो चीन भ्रमण हो ।

भ्रमणका बेला मन्त्री महरा र उनका चिनियाँ समकक्षी वाङबीच द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल–चीन सम्बन्धका सबै आयाममा छलफल हुने जनाइएको छ । चिनियाँ वरिष्ठ राजनीतिज्ञहरूसँग पनि उनले भेटवार्ता गर्ने सोमबार परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भ्रमणका बेला मन्त्री महरा बेइजिङस्थित चाइना फरेन अफयेर युनिभर्सिटीमा आयोजना हुने एक अन्तरक्रिया कार्यक्रममा पनि सहभागी हुनेछन् ।

ग्वान्जाओमा हालै स्थापित नेपाली महाावणिज्य दूतावासको पनि उनले एक कार्यक्रमबीच उद्घाटन गर्नेछन् । ग्वान्जाओमा उनले त्यहाँको व्यापारिक समुदायसँग अन्तरक्रिया गर्नेछन् । परराष्ट्रमन्त्री महरा भदौ २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित: २० भाद्र २०७४ ०३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App