१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तत्काल ऐन जारी गर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले संवैधानिक व्यवस्थाअनुसार माघभित्र गर्ने चुनावका लागि तुरुन्त ऐन जारी गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वय दीपकराज जोशी र हरिकृष्ण कार्कीको संयुक्त इजलासले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन अविलम्ब जारी गर्न सरकार, संसद् सचिवालय, निर्वाचन आयोगका नाममा परमादेशको आदेश जारी गरेको हो ।

अधिवक्ता चन्द्रकान्त ज्ञवालीलगायतले गत वर्ष भदौ २० मा २०७४ माघभित्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरी सम्पन्न गर्न परमादेश माग गर्दै रिट निवेदन दर्ता गरेका थिए । सर्वोच्चले निवेदन दर्ता भएको एक वर्षपछि बिहीबार आदेश जारी गरेको हो । 

निवेदकले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति घोषणा गरी २०७४ माघ ७ भित्र चुनाव गर्न, निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न, चुनावसम्बन्धी ऐन जारी गरी चुनाव गर्न सरकारका नाममा परमादेशको आदेश जारी गर्न माग गरेका थिए ।

प्रकाशित: २० भाद्र २०७४ ०३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App