१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सडक ढाकेर निर्माण सामग्री

चप्पलकारखाना–महाराजगंज सडकखण्डमा थुपारिएकाे माटाे र निर्माण सामाग्री । तस्बिर : प्रबिन काेइराला

काठमाडौं – रिङरोड अन्र्तगत चपलकारखाना–महाराजगंज सडक खण्डको एकपटी किनारा निर्माण सामग्रीले भरिएको छ । ठेकेदारले सडकमै निर्माण सामग्री राखेपछि सडक समेत साँघुरिएको छ ।

सडकमा निर्माण सामग्री थुपारिएसँगै साँघुरिएको सडकमा समेत सवारी गुडाउन सकिने अवस्था छैन् । किनारामा राखिएको सामाग्रीको कारणले सडकमा उडेको धुँलोले सडक नै अन्धकार हुन्छ । सोमबार दिउँसो नागरिकको एक टोली उक्त स्थानमा पुग्दा सडक धुलोले दिउँसै अन्धाकार जस्तो देखिन्थ्यो । सडकमै निर्माण सामग्री राखिएपछि सडकको चाप हुँदा जाम समेत हुने गरेको देखियो ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य निर्वाचित भएको सोमबार नै सय दिन पुग्यो । उनले चुनावी समयमा सय दिनमा महानगरलाई उत्कृष्ट सहर बनाउन गरेको प्रतिबद्धताको अन्तिम दिन पनि थियो सोमबार। 

भिडियो हेर्नुस्:

तर, चप्पलकारखाना–महाराजगंजको दृश्यले भने उत्कृष्ट सहर नभएर धुलोमाण्डु सहरको भान गराउँथ्यो । यो खण्डमा धुलो हुनुको प्रमुख कारण भने ठेकेदारको दादागिरी रहेको स्थानीयले बताए । नव कान्तिपुर कन्ट्रक्सन र विकोइ कन्ट्रक्सनले सडकमा निर्माण सामग्री (माटो, रोडा, ग्राभेल) थुपारेका छन् । नव कान्तिपुरले महाराजगंजस्थित नेपाल प्रहरीको भवन बनाउने ठेक्का लिएको छ । त्यही भवन बनाउने क्रममा आएको माटोलाई सडक नै ढाकेर राखेको छ । त्यसैगरी विकोइले मेलम्ची आयोजनाका पाइप विछ्याउने काम गरिरहेको छ । पाइप विछ्याउँदा आएको माटो र उक्त ठाउँमा पुर्नको लागि चाहिने ग्राभेल ल्याएर सडकको आवगमनमै असर पर्ने गरी थुपारेको छ।

नव कान्तिपुरका अशोक अर्यालले भने आफूहरूले धेरै माटो नराखेको दाबी गरे । ‘हाम्रो त धेरै नै छैन्,’ उनले भने, ‘विकोइको चाँही धेरै छ ।’ सोमबार नागरिकको टोली पुग्दा भने नव कान्तिपुरले आधा बढी सडक ढाकेर राखेको माटो डोजर लगाएर किनारामा राखिरहेको थियो ।

यता विकोई कम्पनी भने सम्पर्कमा आएन् । विकोइले आयोजना कार्यान्वयन निर्देशनालय (मेलम्ची खानेपानी आयोजना–२) अन्तर्गत रहेर काम गरिरहेको हो । विकोइ कम्पनीले यसअघि पनि पटक पटक उक्त स्थानमा सडक नै ओगटेर निर्माण सामग्री राखेको थियो । यस पटक पनि खानेपानीका पाइपदेखि अलकत्राका ड्रम, गिटी, ग्राभेल राखेर सवारी आवागमन र धुँलोमा मार सर्वसाधरणलाई खेपाइरहेको छ । 

निर्देशनालयका उपनिर्देशक सूर्य कडेँलले ठेकेदारलाई उक्त स्थानको निर्माण सामग्री हटाउन अनुरोध गर्ने बताए । ‘ठेकेदारहरूले लाहपरवाही गरेर राखेको हुन सक्छ,’ उनले भने, ‘बुझेर, त्यस्तो पाएको खण्डमा हटाउन लगाउने छु ।’
कानुन अनुसार सडक नै ढाक्नेगरी थुर्पान पाउँदैन् । यसरी थुपारेको पाएर महानगर अन्र्तगनको नगरी प्रहरीलाई उठाएर सडक खुलाउने अधिकार हुन्छ । तर, महानगरपालिकाले भने अहिलेसम्म कुनै पहल गरेको छैन् । स्थानीयको अनुसार ठेकेदार कम्पनीले महिनौंदेखि सडकलाई व्यक्तिगत फाइदाको लागि प्रयोग गरिरहेका छन् । 

महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्की भने गत शनिवारदेखि चक्रपथ अतिक्रम हटाउने काम थालिएको बताए । ‘चक्रपथ अतिक्रमण हटाउने कार्य शनिबारबाटै थालिसकेका छौं,’ कार्कीले भने, ‘अब प्रत्येक शनिबार यो अभियान चल्नेछ ।’ उनका अनुसार शनिबार बाहेक अन्य दिन दैनिक कार्यमै व्यस्त रहने हुँदा शनिबारको दिनचाँहि चक्रपथ अतिक्रम हटाउने कार्यलाई प्राथमिकता दिइनेछ । चप्पलकारखाना–महाराजगंज खण्डको सडकमा राखिएको निर्माण सामग्री पनि चाँडै हटाउने उनले बताए ।

प्रकाशित: १९ भाद्र २०७४ १२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App