१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

'दुई महिनामै सिडियोको सरुवा किन?, प्रधानमन्त्रीले जवाफ दिनुपर्छ' (भिडियो)

एमाले नेता भीम रावल संसदमा बोल्दै

काठमाडौं—गृह मन्त्रालयबाट भएको सरुवाको घटनाप्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेले गम्भीर आपत्ति जनाएको छ। सोमबार संसदमा बोल्दै एमाले उपाध्यक्ष भीम रावलले सरकारले स्वेच्छाचारी ढंगले कर्मचारीको सरुवा गरेको भन्दै आपत्ति जनाएका हुन्।

भदौ १४ गतेदेखि निर्वाचन आचारसंहिता लागू भए पनि १२ गतेको मिति राखेर मनपरी किसिमले कर्मचारीको सरुवा भइरहेको भन्दै उनले आपत्ति जनाए।

भदौ १४ गतेदेखि निर्वाचन आचारसंहिता लागू भए पनि १२ गतेको मिति राखेर मनपरी किसिमले कर्मचारीको सरुवा भइरहेको भन्दै उनले आपत्ति जनाए।

सर्वोच्च अदालतले प्रमुख जिल्ला अधिकारी हुन स्नातकोतरसम्मको अध्ययन र तालिम अनिवार्य गरेको भन्दै उनले सो मापदण्ड मिचेर सरकारले सिडिओको सरुवा गरेको गरेको उनको भनाइ थियो। 'दुई-तीन महिनामै सिडिओहरु सरुवा गरिएका छन्। सर्वोच्च अदालतले स्थापित गरिएको दिएको मापदण्ड कुल्चिने काम भएको छ', उनले भने। कम्तिमा २३३ दिनपछि मात्र सरुवा गर्न पाइने नियमको सरकारले ठाडो उल्लंघन गरेको उनको भनाइ थियो।

गृह मन्त्रालयमा राजनीतिक आस्थाका आधारमा कर्मचारीलाई हप्कीदप्की गर्ने काम भएको भन्दै उनले सचिवहरुलाई सरुवा गरिसकेपछि पनि राजनीतिक आस्थाका आधारमा जिम्मेवारी नदिने काम भएको बताए।

'राजनीतिक आस्थाका आधारमा एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सरुवा गरिएको छ। अर्कोमा पनि जिम्मेवारी दिइएको छैन', उनले भने। उपसचिव र शाखा अधिकृतहरुलाई सामान्य प्रशान मन्त्रालयले जथाभावी सरुवा गरिरहेको उनको भनाइ थियो।

'यहाँ सरुवा भएपछि तँलै यस्तो काम गर्नुपर्छ भन्ने निर्लज्ज काम भइरहेको छ। प्रहरीका ठूला हाकिमहरुलाई सार्ने काम भइरहेको छ। यो देशलाई कहाँ लान खोजिँदैछ?', उनले भने, 'यस विषयमा प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्छ।'

भिडियो

प्रकाशित: १९ भाद्र २०७४ ११:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App