१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश २ मा साढे २६ लाख मतदाता

काठमाडौं- प्रदेश नम्बर २ मा तेस्रो चरणमा हुन लागेको स्थानीय तह निर्वाचनमा सबैभन्दा धेरै धनुषाबाट ३ लाख ८९ हजार ३ सय ९१ जनाले मतदात गर्दैछन् । प्रदेश नम्बर २ का ८ जिल्लामा असोज २ मा स्थानीय तहको निर्वाचन हुँदैछ । आठ जिल्लामा गरी २६ लाख ६४ हजार मतदाताले मत दिनेछन् ।

आठ जिल्लामध्ये सबैभन्दा धेरै धनुषामा ३ लाख ८९ हजार ३ सय ९१ र सबैभन्दा कम पर्सामा २ लाख ८० हजार २ सय १२ मतदाता ।

आठ जिल्लामध्ये सबैभन्दा धेरै मतदाता धनुषा र सबैभन्दा कम मतदाता पर्सामा २ लाख ८० हजार २ सय १२ जना छन् । त्यस्तै सर्लाहीमा ३ लाख ६६ हजार ६ सय, बारामा ३ लाख ३४ हजार ७ सय ४६,  सिरहामा ३ लाख ३२ हजार ८ सय ९५, सप्तरीमा ३ लाख ३१ हजार ६ सय ७९, रौतहटमा ३ लाख २१ हजार १८ र महोत्तरीमा ३ लाख ८ हजार ४ सय ९ मतदाता छन् ।

एक सय ३६ वटा स्थानीय तह रहेको प्रदेश २ मा वीरगन्ज महानगरपालिका, ३ वटा उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ वटा गाउँपालिका छन् । आठ जिल्लामा गरी १ हजार ७१ वटा वडा छन् । निर्वाचन आयोगले २ हजार १ सय ६६ मतदान स्थल र ३ हजार ५ सय ७८  मतदान केन्द्र तोकेको छ ।

अनुगमनमा आयुक्त

तेस्रो चरणको स्थानीय तह चुनाव तयारी अनुगमनका लागि सम्बन्धित जिल्लामा आफ्ना पदाधिकारी पुगिसकेको निर्वाचन आयोगले जनाएको छ ।

तयारी अवस्था, सामग्री व्यवस्थापन, निर्वाचन आचारसंहिता पालना, सुरक्षा बन्दोबस्तलगायत विषयमा अनुगमन गर्न आयोगका चार आयुक्त खटिएका हुन् । 

धनुषा र महोत्तरीमा आयुक्त इला शर्मा, रौतहट र सर्लाहीमा आयुक्त नरेन्द्र दाहाल, पर्सा र बारामा आयुक्त ईश्वरीप्रसाद पौड्याल, सप्तरी र सिरहामा आयुक्त सुधीरकुमार शाह गएको आयोगले जनाएको छ ।

आयुक्तहरूले दलका प्रतिनिधि, सञ्चारमाध्यम, नागरिक समाजसँग छलफल पनि गर्ने गर्नेछन् ।

संघ र प्रदेश निर्वाचन दुई चरणमा

पहिलो चरणमा ३२ जिल्ला र दोस्रो चरणमा ४५ जिल्लामा दुवै तहको निर्वाचन एकसाथ निर्वाचन आयोगले संघ (प्रतिनिधिसभा) र प्रदेशसभा को चुनाव एकसाथ दुई चरणमा गराउने भएको छ । पहिलो चरणमा मंसिर १० गते हिमाली र उच्चपहाडी गरी ३२ जिल्लामा दुवै तहको चुनाव हुनेछ । दोस्रो चरणमा मंसिर २१ पहाडी र तराईका गरी ४५ जिल्लामा चुनाव हुनेछ । 

पहिलो चरणमा प्रदेश १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश ५ का पूर्वी रूकुम र रोल्पा, प्रदेश ६ का पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा, प्रदेश ७ का दार्चुला, बझाङ, बाजुरा र  बैतडीमा चुनाव हुनेछ ।

यसैगरी प्रदेश १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, प्रदेश ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर, प्रदेश ४ का बर्दघाट सुस्ता पूर्व नवलपरासी, तनहुँ,  कास्की, स्याङ्जा र पर्वत, त्यसैगरी प्रदेश ५ का बर्दघाट सुस्ता पश्चिम नवलपरासी, पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान बाँके र  बर्दिया, प्रदेश ६ का सल्यान, सुर्खेत र  दैलेख तथा प्रदेश ७ का कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र  डोटीमा दोस्रो चरणमा चुनाव हुनेछ ।

प्रकाशित: १८ भाद्र २०७४ ०३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App