१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उर्लिएकाे लाल बकैया नदीले एक बालिकालार्इ बगायो

रौतहट– रौतहटमा एक बालिकालाई खोलाले बगाएको छ। लालबकैया नदीमा आएको बाढीको समयमा साथीहरुसित खेल्न जाँदा बालिकालाई खोलाले बगाएको हो।

रौतहटको भसेढवा गाविस–६ का बालकिशोर दासकी ७ वर्षीया छोरी ईश्वरवती कुमारी दासलाई बुधवार दिउँसो खोलाले बगाएर वेपत्ता पारेको छ। साथीहरुसित खोलामा खेल्न जाँदा पौडी खेल्ने क्रममा तीनजना बालिकाले हाम फालेकोमा दुई जनालाई स्थानीयले उद्दार गरेका छन् भने ईश्वरवतीलाई स्थानीयले भेटाउन नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले बताएका छन्।

 

प्रकाशित: १२ श्रावण २०७३ ११:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App