१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अखिल क्रान्तिकारी अध्यक्षमा रञ्जित तामाङ

काठमाडौँ – नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्षमा रञ्जित तामाङ निर्वाचित भएका छन्। 

शनिबार बिहान सम्पन्न मतगणनामा तामाङले ८४५ र उनका प्रतिस्पर्धी अनिल शर्माले ८२२ ल्याएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए।
 
यसैगरी खुला उपाध्यक्षमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम विजयी भएका छन्। यस्तै महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दीपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादव तथा महासचिवमा उत्तम अधिकारी र कोषाध्यक्षमा केशव रावल निर्वाचित भएको निवर्तमान अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिए। 

उनका अनुसार महिला उपमहासचिवसहित ९८ जना निर्विरोध निर्वाचित भएका थिए। बाँकीको निर्वाचन गरिएको होे । 

मतगणना सकिए पनि औपचारिक घोषणा अझै गरिएको छैन। क्रान्तिकारीको नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन भएको थियो । बिहीबारदेखि शुरु भएको मतगणना शनिबार बिहान मात्र सकिएको छ। 

एक्काइसौँ राष्ट्रिय सम्मेलनबाट ३३ पदाधिकारीसहित २४३ नयाँ कार्यसमिति चयन गरिएको छ । क्रान्तिकारीमा पहिलो पटक मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिएको हो । यही भदौ ७ गतेदेखि भएको क्रान्तिकारीको सम्मेलन शनिबार नयाँ नेतृत्व चयन गर्दै सकिएको हो । निर्वाचन प्रक्रियामा दुई हजार १५ मतदातामध्ये करिब एक हजार ७०० ले भाग लिएका थिए। रासस 

प्रकाशित: १७ भाद्र २०७४ ०५:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App