१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सेजन अध्यक्षमा आचार्य विजयी

सेजनका नवनिर्वाचित अध्यक्ष पुष्पराज अाचार्य (बायाँ) तथा सदस्य निर्वाचित सागर घिमिरे।

काठमाडौं— आर्थिक विषयवस्तुमा कलम चलाउने पत्रकारहरुको संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा पुष्पराज आचार्य निर्वाचित भएका छन्। अध्यक्षमा मोदनाथ ढकाल र आचार्यबीच प्रतिस्पर्धा भएको थियो। आचार्यले ११८  र ढकालले १०६ मत पाएको निर्वाचन समितिले जनाएको छ।

उपाध्यक्षमा प्रभात भट्टराई १३७ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी रामराजा श्रेष्ठले ८८ मत पाए।

महासचिवमा भीम गौतम १०६ मत ल्याएर विजयी भए। अनुजराज ढुंगेल ४९ र जर्नादन बरालले ७० मत पाए। सचिवमा सुजन ओलीले १३० मत ल्याएर विजयी भए। नवीन अर्यालले ९० मत पाए।

कोषाध्यक्षमा भागवत भट्टराईले १२३ मत पाएर विजयी भए। सरस्वती ढकालले ९८ मत पाइन्।

सदस्यमा एलिजा उप्रेती (१५७), हिमाल पौडेल (१४५), सागर घिमिरे (१२८), कृष्ण रिजाल (१०९) र शिव बोहोरा (९९) विजयी भए। परमेश्वर अधिकारी, लेखनाथ पोखरेल र सुमन पन्त विजयी बन्न असमर्थ रहे।

प्रकाशित: १६ भाद्र २०७४ १४:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App