१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वीरको ज्येष्ठ नागरिक क्लिनिक बन्द

काठमाडौं- चार वर्षदेखि चालू वीर अस्पतालको ज्येष्ठ नागरिक क्लिनिक दुई महिनादेखि बन्द भएको छ । भुइँतलामा रहेको क्लिनिक बन्द भएपछि वद्धवृद्धा बिरामीले सास्ती झेल्नुपरेको चिकित्सकले बताएका छन् ।

‘मैले हेरिरहेका बिरामीले अप्ठ्यारो भयो भन्दै गुनासो गर्न आउँछन्, उनीहरूलाई समस्या परेको छ,’ ज्येष्ठ क्लििनकका डा. न्हुच्छेमान डंगोलले भने । यो क्लिनिकले ७० वर्षमाथिका वृद्धवृद्धालाई एकै ठाउँबाट निःशुल्क उपचार दिँदै आएको थियो । सरकारले प्रत्येक अञ्चल स्तरका अस्पतालमा ज्येष्ठ नागरिक क्लिनिक सेवा अनिवार्य हुनुपर्ने नियम राख्नुअघि नै यो अस्पतालले यो सेवा सुरु गरेको थियो ।

पहिला सेवा दिँदै आएको भुइँतलाको कोठामा शौचालयको ढलको दुर्गन्ध फैलिएपछि भुइँतलाकै अर्को कोठामा सारिएको थियो । त्यसमा पनि टिकट काउन्टर बिस्तारका लागि कोठाको पर्खाल भत्काएपछि सेवा बन्द भएको हो । अस्पतालले समयमै विकल्प नखोज्दा ज्येष्ठ नागरिक प्रभावित भएको डा. डंगोल बताउँछन् । ‘भुइँतालकै कुनै कोठा खाली गरेर समयमै व्यवस्थापन गर्नु पथ्र्यो, कोठा खाली गर्न ढिला भयो ’डा. डंगोलले भने ।

सो विषयमा अस्पतालका निर्देशक भूपेन्द्र बस्नेतले निर्माण कार्यको कारण कोठा बन्द भएपछि ज्येष्ठ नागरिकलाई यो सेवा मेडिकल विभागबाट दिँदै आएको बताए । भुइँतलामै यो सेवा दिन थप तीन÷चार महिना लाग्ने निर्देशक बस्नेतले बताए ।

माथिल्लो तलामा ज्येष्ठ नागरिकलाई सेवा दिंदा दमका, घुँडाका बिरामी हिँडेर जान नसक्ने तथा छरिटो व्यवस्थापन प्रक्रिया नहुँने डा. डंगोलले बताए । ‘ उनीहरु धेरैवटा कोठामा पुगेर सेवा लिन सक्दैनन्,’ उनले भने । ज्येष्ठ नागरिक क्लिनिकबाट सेवा दिँदा ९० प्रतिशत त्यही क्लिनिकबाटै निदान हुन्थ्यो । दश प्रतिशत मात्र अन्य विभागमा जानु पर्ने खालका हुने गरेको डा. डंगोलले बताए ।

प्रकाशित: १६ भाद्र २०७४ ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App