१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रवादीबाट खतरा छः दाहाल

रौतहट— पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शाही राष्ट्रवादीबाट खतरा रहेको टिप्पणी गरेका छन्। रौतहटको गरुडामा विहीवार आयोजित जनसभालाई सम्बोधन गर्दै दाहालले राष्ट्रवादीहरुबाट संघीयता, समावेशीता र गणतन्त्रलाई खतरा रहेको उल्लेख गरे।

दाहालले संविधान संशोधनको प्रक्रिया टुंगो लगाएर २ नम्वर प्रदेशमा निर्वाचनको माहौल बनाएकोमा मधेशमा सबैभन्दो ठूलो पार्टी माओवादी केन्द्र हुने ठोकुवा समेत गरेका छन्। हरेक दिन हजारौँ मानिस पार्टीमा प्रवेश गरेको उदाहरणहरु दिँदै दाहालले जनताले आफूले पाएको अधिकारको संरक्षण गर्न पनि माओवादीलाई जिताउन आतुर रहेको दाबी गरेका  छन्।

संशोधनको पक्षमा, मधेशी जनताको पक्षमा माओवादी केन्द्रले गरेको कार्यबाट जनताको सकारात्मक समर्थन हामीसंग प्राप्त भईरहदा यसलाई सही रुपमा अघि बढाएमा मधेशमा सबै भन्दा ठूलो पार्टी हुने बताए । मधेशको पहिचान, संघियता लगायतका विविध मुद्दालाई सम्बोधन गर्न एक मात्र पार्टी माओवादी रहेको हुँदा यसमा प्रवेश गर्नेहरुको ठूलो जनलहर चलेकोमा निकै खुशी लागेको स्पष्ट पारे ।

क्षेत्रिय र साम्प्रदायिक पार्टीबाट जनताको हित, पहिचान स्थापित हुन नसक्ने तथा धर्मनिरपेक्षता, संघियता, गणतन्त्र, समानुपातिक समावेशी अधिकारको लागि लडाई लड्दा १३ सय मधेशी जनताको बलिदानीबाट संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गराउनमा माओवादी केन्द्रको नेतृत्वदायी भुमिका रहेको देशै भरीका जनताहरु बुझीरहेको बताए । दाहालले मधेसवादी दलप्रति लक्षित गर्दै खुद्रा पसलेको संज्ञा दिएका छन् ।
देशमा बाढीले सबैभन्दा बढी प्रभावित भएकोले रौतहटलाई संकटग्रस्त क्षेत्र घोषणा गराउने प्रतिबद्धता व्यक्त गर्दै दाहालले बाढीबाट प्रभावितलाई पुनस्र्थापना गराउन सरकारलाई आफूले घच्घच्याउने बताएका छन् ।
माओवादी पहिलो पार्टी भएमा मात्रै मधेशी जनताको हक अधिकार पहिचानको निमित्त एउटा राष्ट्रिय पार्टीको हैसियतबाट सम्बोधन गर्न सकिन्छ त्यसैले माओवादीसंग मधेशी जनताहरुलाई जोडिन आग्रह गरे । एमालेको आफ्नै गलत कार्यका कारण आक्रोशित जनताहरुको अगाडी टिक्न सक्ने अवस्था नरहेको टिप्पणी गरे । संविधान संशोधन विफल बनाएकोमा मधेश विरोधीको एमालेलाई लागेको संकेत गरे ।
बागमती, लाल बकैया नदीमा बलियो बाँध रहदा सुरक्षित भएको महसुस गर्दै कराडौं करोड लगानी गरेर गरिएको व्यवसायलाई मानव निर्मित संरचनाहरु प्रकृतिले ध्वस्त गर्दा ठूलो जनधनको क्षति भएकोमा आफू सहित पार्टी गम्भीर दुखित तुल्याएको छ, भन्दै उनले मानव निर्मित संरचनाहरुलाई समय समयमा अनुगमन तथा मर्मत नहुँदा बाँधहरु भत्किदा सोको जिम्मेवार पक्ष राज्य नै रहेको स्पष्ट पारे ।
दिनभर रौतहटको विभिन्न कार्यक्रममा व्यस्त रहेका दाहालले बडहर्वामा बाढी पीडितसित भेटघाट गरेका छन् । सदरमुकाम गौरमा व्यावसायी तथा स्थानीयसित भेटघाट गरेका दाहालले गरुडामा आयोजित जनसभालाई सम्बोधन गरेका छन् भने अन्य विभिन्न कार्यक्रमहरुमा सहभागी भएका छन् ।

प्रकाशित: १५ भाद्र २०७४ १४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App