१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

प्युठानमा बाढी पहिरोमा मृत्यु हुनेको संख्या २४ पुग्यो, २० बेपत्ता

फोप्लीमा पहिरोमा पुरिएकाहरुको उद्धार गरिँदै । तस्बिर: एलबी थापा

प्युठान–प्युठान जिल्लामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २४ जना पुगको छ। यी मध्ये ७ जनाको शव बुधबार बिहान फेला परेको हो। १७ जना शव मंगलबार दिउँसो भेटिएको थियो। त्यसैगरी बेपत्ता हुनेको संख्या २० पुगेको छ। बुधबार बिहान मात्रै फोप्ली–६,मा ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ। पहिरोले घर बगाउँदा मृत्यु हुनेमा नारायण केसी, दोर्णबहादुर केसी, पवित्रा केसी, जाहेश्वर बुढाथोकी, पिमा बुढाथोकी, हरिबहादुर केसी र बिन्दु केसी हुन्।

सोमबार रातिको पहिरोमा लुङ–७, पिपलबोटमा शिवबहादुर सुनार, पुजा–१, मा रजवारा निवासी सुपारी मल्ल र मुकेश मल्ल, खवाङ–१, मा सिवरे बिक र दिपक बिक, फोप्ली–५ का प्रकुती पुन र ११ वर्षीय बालक छन्।

फोप्ली–४ का नोखी बैजाली, फोप्ली–३ का मनबहादुर पुनको पुरिएका अवस्थामा शव निकालिएको छ। जुम्रिखोलाले बगाएर ल्याएको शव माझकोट निवासी जाली पुनको विजुवार जुम्रिमा फेला परेको छ। सोमबार राति आएको बाढीमा परी ५ जनाको बेवारीसे शव झिमरुक खोला नदी किनारमा मंगलबार दिउँसो भेटिएपनि मृतकको पहिचान हुन सकेको छैन।

पहिरोमा पुरिएर अहिलेसम्म २० जना बेपत्ता छन्। जसमध्ये लुङ–६, बाहानेमा शोभा रिजाल, लुङ–६, पिपलबोटमा किरण थापा, काली परियार, फोप्ली–३, मा खस्की पुन, रक्षानी पुन, सेतुराम पुन, शेरबहादुर पुन, कुमारी पुन टुकमान पुन गरी ५ जनासहित १३ जना सम्पर्कमा छैनन्। अर्खा–३, मा ३ जना पनि बेपत्ता छन्। खवाङ–१, मा दोमन्ती बिक सम्पर्कमा नरहेको स्थानीयले बताए।
जिल्लाबाट राहत लिएर गाउँमा

यसैबीच जिल्लामा भएको विपद्को विषयलाई लिएर बुधबार जिल्ला प्रशासन कार्यालय प्युठानमा सर्वपक्षीय बैठक  बसी राहत सामान लिएर उद्दार टोली गाउँ गएको छ। बैठकले तत्कालका लागि उद्योग वाणिज्य संघ र गैर सरकारी संस्था महासंघले खाद्यान्न, रेडक्रस प्युठानले अखाद्य वस्तु तथा भाडा र लता कपडा, जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयले राहत रकम प्रदान गर्ने निर्णय गरेका छन्।

 

प्रकाशित: १२ श्रावण २०७३ ०८:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App