स्क्रब टाइफसबाट थप एकको मृत्यु, १३३ जना संक्रमित

बिहिबार, १५ भदौ २०७४, ११ : ४७ नागरिक

रत्ननगर – चितवनमा स्क्रब टाइफसबाट थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ। 

जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले बुधबार जानकारी दिए अनुसार नवलपरासी घर भई चितवनको भरतपुरस्थित सेन्ट्रल अस्पतालमा उपचारका क्रममा २१ वर्षीया महिलाको मृत्यु भएको पुष्टि भएको हो । 

उक्त अस्पतालबाट प्राप्त प्रतिवेदनबारे जानकारी दिँदै कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले साउन ९ गते उपचारका लागि अस्पताल ल्याइएकी उनको भदौ १० गते मृत्यु भएको जानकारी गराए। 

योसँगै जिल्लामा साउन यता स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुवै मृतक नवलपरासी घर भई चितवनमा उपचार गरिएका महिला हुन्। 

यसअघि नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको साउन २२ गते उपचार कै क्रममा नारायणी सामुदायिक अस्पतालमा मृत्यु भएको थियो। 

जिल्लामा चालु आवमा ४९७ जनाको परीक्षणमा १३३ जनामा स्क्रब टाइफस रोग पाइएको जनस्वास्थ्य कार्यालय, चितवनले जनाएको छ। 

भरतपुर अस्पतालमा ४०, बकुलहर रत्ननगर अस्पतालमा चार, चितवन मेडिकल कलेजमा ३१, नारायणी सामुदायिक अस्पतालमा ४२, मनकामना अस्पतालमा दुई, सेन्ट्रल अस्पतालमा एक तथा निजी ल्याबमा १३ जनामा टाइफस रोग देखिएको कार्यालयले जनाएको छ । तीमध्ये दुईजनाको मृत्यु भएको छ। 

माइट नामको एक प्रकारको सुक्ष्म किराले टोकेमा स्क्रब टाइफस सर्छ । यो रोग मुसाको कानमा बस्ने गर्छ । यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर पनि दुख्ने हुन्छ। 

यसरी ज्वरो आउने बित्तिकै चिकित्सकको निगरानीमा औषधि लिन चिकित्सकले आग्रह गरेका छन् । जिल्लामा परीक्षणका लागि सरकारबाट कीटसमेत आइसकेको कार्यालयले जनाएको छ । रासस 





यसमा तपाईको मत

अन्य समाचार

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad