२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुई सातादेखि महिला बेपत्ता

फलेवास (पर्वत)— कुश्मा नगरपालिका–६ की एक युवती विगत दुई सातादेखि बेपत्ता भएकी छिन्। घरायसी समस्या देखाउँदै ३६ वर्षीया लक्ष्मी गिरी बेपत्ता भएकी हुन्। 

उनी भदौ २ गतेदेखि परिवारको सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। घरायसी समस्या देखाउँदै बेपत्ता भएकी उनले हिसाबकिताब मिलेपछि आफू घर फर्कने नोट लेखेर बेपत्ता भएको परिवार स्रोतले जनाएको छ।

आर्थिक कारोबार मिलेकाले छिट्टै घर फर्कन परिवार सदस्यले सामाजिक सञ्जालमार्फत आह्वानसमेत गरिरहेका छन्। परिवार र प्रहरीले गिरीको खोजी गरिरहे पनि हालसम्म पनि उनको पत्ता लाग्न नसकेको बताइएको छ।

लेनदेनको आर्थिक समस्याका कारण उनी बेपत्ता भएको हुनसक्ने भन्दै प्रहरीले सबै समस्या समाधान भएकाले गिरी छिट्टै घर फर्कने अनुमान गरेको छ।

गिरीको पत्ता लगाउनेलाई परिवारले उचित पुरस्कारसहित सम्मान गर्नेगरी खोजी कार्य अगाडि बढाइरहेको छ। रासस

 

प्रकाशित: १४ भाद्र २०७४ ०७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App