१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

होन्डाका दुई नयाँ बाइक

काठमाडौं– नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङले नाडा अटो सोको अवसर पारेर सुपर बाइकअन्तर्गत होन्डा सिबिएफ १९० डब्लुएचजी एक्सएसआइ र सिबिएफ १९० डब्लुएचजी जेडएसआइ (रेपसोल) नेपाली बजारमा भिœयाएको छ ।

कम्पनीका अनुसार होन्डा सिबी १९० आर अन्तर्राष्ट्रिय बजारमा ख्याती कमाएको बाइक हो । सेतो, रातो र सुन्तला रङमा उपलब्ध होन्डा रेपसोल फास्ट र स्र्पोटिङ छ । यसमा रहेको ब्रुडिङ हेड ल्याम्प, रेड स्पार्क प्लग, रियर स्प्रिङ, फक्स एयर स्कुप स्राउड र छोटो टेलले यसलाई थप स्पोर्टी बनाएको छ । एयर कुल्ड, ४ स्ट्रोक सिंगल सिलिन्डर रहेको उक्त बाइकमा ५ स्पिड ट्रान्समिसन रहेको छ । यतिमात्र नभई अप–साइड डाउन फ्रन्ट सस्पेन्सन, रियर मोनोसक सस्पेसन र आरामदायी यात्राका लागि लो सिट एड्जस्टमेन्ट जस्ता थप विशेषता रहेको कम्पनीले जनाएको छ ।

१८४ सिसी रहेको यस बाइकको तौल एक्सय ४० किलो छ । नेपाली बजारमा यसको मूल्य पाँच लाख ९९ हजार र रेपसोलको मूल्य ६ लाख १४ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित: १४ भाद्र २०७४ ०३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App