१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जनकपुर झडपमा राजपाका ४७ कार्यकर्ता घाइते

काठमाडौं—एमालेको अगुवा कार्यकर्ता भेलालाई बिथोल्ने प्रयास गर्दा राष्ट्रिय जनता पार्टी नेपालका ४७ कार्यकर्ता घाइते भएका छन्। राजपा अध्यक्ष महन्थ ठाकुरले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै सो घटनामा केन्द्रीय प्रवक्ता लालकिशोर साह, केन्द्रीय सदस्य तथा धनुष जिल्ला अध्यक्ष परमेश्वर साह घाइते भएको उल्लेख गरेका छन्। केन्द्रीय सदस्यहरु सरिता चौधरी, बिन्दू ठाकुर, विभा पाण्डे, अमर पंजियार, ज्ञानेन्द्र झा, रिता झासहित ४७ जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ।

राजपाले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले लाठी प्रहार गरेको उल्लेख छ। एमाले कार्यकर्ताले समेत घरका छतबाट ढुंगा प्रहार गरी आफ्ना कार्यकर्ता घाइते बनाएको आरोप राजपाले लगाएको छ।

प्रदेश नं. २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले मंगलबार जनकपुरमा अगुवा कार्यकर्ता भेला राखेको थियो। राजपा कार्यकर्ताले एमालेको चुनाब लक्ष्यित कार्यकर्ता भेला बिथोल्ने प्रयास गरेपछि झडप भएको थियो।

बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल कार्यक्रमस्थल शान्ति बाटिका प्रवेश गर्न लाग्दा कालोझन्डा र कुचो देखाएर अवरोध प्रयास गरेका थिए। कार्यक्रमस्थलमा ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले उनीहरुलाई हटाउन बल प्रयोग गरेपछि झडप हुन पुगेको थियो।

राजपाले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले लाठी प्रहार गरेको उल्लेख छ। एमाले कार्यकर्ताले समेत घरका छतबाट ढुंगा प्रहार गरी आफ्ना कार्यकर्ता घाइते बनाएको आरोप राजपाले लगाएको छ। यस्तो कारवाहीले निर्वाचनको माहोल बिथोलिन सक्ने भन्दै दमन रोक्न राजपाले सरकारसँग माग गरेको छ।

संविधान संशोधनमा साथ नदिने पार्टीलाई मधेसमा भोट माग्न नदिने भन्दै राजपाले एमाले कार्यक्रम बिथोल्ने प्रयास गरेको थियो। राजपा धनुषा राजापाका अध्यक्ष मण्डलका अध्यक्ष सञ्जय सिंहले संविधान संशोधन गर्न नदिने शक्तिलाई भोट माग्न आउन अवरोध गर्ने बताए। राजपा वर्तमान काँग्रेस–माओवादी सत्ता गठबन्धनको समर्थक पार्टी हो। सरकारले पेश गरेको संविधान संशोधनको प्रस्ताव यसअघि संसदले अस्वीकृत गरेको थियो। त्यतिबेला एमालेले संविधान संशोधनको विपक्षमा मतदान गरेको थियो।

संविधान सभाबाट जनप्रतिनिधिले संविधान निर्माण गर्दा भारत असन्तुष्ट बनेको थियो। संविधानमा ७ बुँदा समावेश गरी संशोधन गर्न दवाब दिँदै दक्षिणी छिमेकीले नेपालमाथि ५ महिना लामो नाकाबन्दी गरेको थियो। संविधानप्रति तराई केन्द्रित दलहरुले पनि असन्तुष्टि जनाएका थिए। संविधान संशोधनका लागि भारतले उठाएका ७ बुँदाभन्दा फरक माग राजपाले राखेको छैन।

विज्ञप्ति

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App