१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अबैध सालको काठ बरामद

डोटी- डडेल्धुराको आलितालबाट दिपायल ल्याउँदै गरेको एक सय ७८ क्यूफिट अबैध सालको काठ प्रहरीले बरामद गरेको छ। से १ ख ७१० नम्बरको मिनि ट्रकमा दिपायल ल्याउँदै गरेको तयारी काठ ईलाका प्रहरी कार्यालयले बुडर डोटीले सोमबार राती बरामद गरेको हो।

काठसँगै मिनि ट्रक र डडेल्धुरा आलिताल गाउँपालिका–४ घरेलुका ट्रक चालक दिपेन्द्र बोहरालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। गाडीमा सवार रहेका अन्य दुई जना भने फरार भएका छन्। प्रक्राउ गर्दा चालक बोहराले काठ आफ्नो रहेको बयान दिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको काठ कुल ४ सय ९८ थान तयारी अबस्थामा रहेको प्रहरीले जनाएको छ । जुन एक सय ७८ क्यूफिट रहेको सेक्टर बन कार्यालय बुडरका सहायक बन अधिकृत सुरेशचन्द्र डिसिले जानकारी दिए । सो झ्याल, ढोकाका लागि चिरान गरेर खाँचा मात्रै काट्न बाकी अबस्थामा रहेको उनले बताए।

सो काठको चलानीसंग अन्तरजिल्ला पठाउँदा हुनुपर्ने जिल्ला बनको ‘छुटपूर्जी’(जिल्ला बाहिर पठाउदा जिल्ला बनको छुटपूर्जी हुनुपर्छं) नरहेको ईलाका प्रहरी कार्यालय बुडरले जनाएको छ । काठसँग श्री आलिताल मौरीघार उद्योग आलिताल–७ को ८९ हजार एक सय र प्रबिण काष्ठ तथा फर्निचर उद्योग आलिताल–६ भीमनगरको एक लाख १८ हजारको बिल बरामद भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालयले मंगलबार साँझ सेक्टर बन कार्यालय बुडर र स्थानीय जनप्रतिनिधिहरुको उपस्थितीमा काठको मुचुल्का उठाएको छ । मुचुल्कापछि सो काठ प्रहरीले  सेक्टर बन कार्यालय बुडरलाई हस्तान्तरण गरेको ईलाका प्रहरी कार्यालय बुडरका ईन्चार्ज नायब प्रहरी निरीक्षक ललित चन्दले जानकारी दिए।

काठ जिल्ला वन कार्यालय डोटीमा पठाईने सेक्टर वन कार्यालय बुडरका ईन्चार्ज सहायक बन अधिकृत डिसिले बताए । जिल्ला बन कार्यालयबाट अनुसन्धान प्रक्रिया शुरु गरेर कार्बाही प्रक्रिया बढाईने समेत उनले बताए ।

 

प्रकाशित: १३ भाद्र २०७४ १४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App