१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राजपाद्वारा एमालेको चुनाबी भेला बिथोल्ने प्रयास

जनकपुर— राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले जनकपुरमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको चुनाब लक्ष्यित कार्यकर्ता भेला बिथोल्ने प्रयास गरेका छन्। प्रदेश नं. २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले जनकपुरमा अगुवा कार्यकर्ता भेला राखेको थियो।

संविधान संशोधनमा साथ नदिने पार्टीलाई मधेसमा भोट माग्न नदिने धनुषा राजापाका अध्यक्ष मण्डलका अध्यक्ष सञ्जय सिंहले नागरिकन्युजलाई बताए। राजपा वर्तमान काँग्रेस–माओवादी सत्ता गठबन्धनको समर्थक पार्टी हो। सरकारले पेश गरेको संविधान संशोधनको प्रस्ताव यसअघि संसदले अस्वीकृत गरेको थियो।

भेलामा सहभागी हुन पार्टीका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल कार्यक्रमस्थल शान्ति बाटिका प्रवेश गर्न लाग्दा कालोझन्डा र कुचो देखाएर अवरोध प्रयास गरेका हुन्। कार्यक्रमस्थलमा ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले उनीहरुलाई हटाउन बल प्रयोग गरेपछि झडप भयो। झडपमा तीन जना घाइते भएका छन्।

कार्यक्रम चलिरहँदा समेत बाहिर राजपा कार्यकर्ताले एमाले मूर्दावादको नारा लगाउँदै  प्रदर्शन गरेका थिए। कार्यक्रम सकिएर फर्किन लागेका पार्टी नेता गोकर्ण विष्टलाई प्रहरीले आफ्नो गाडीमा राखेर कार्यक्रमस्थलबाट बाहिर निकालेको थियो। बरिष्ठ नेता नेपाल कार्यक्रमस्थल बाहिरिनु अगाडि प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पारेको थियो। सो क्रममा प्रहरी र राजपा कार्यकर्ताबीच फेरि झडप भएको थियो।

संविधान संशोधनमा साथ नदिने पार्टीलाई मधेसमा भोट माग्न नदिने धनुषा राजापा अध्यक्ष मण्डलका अध्यक्ष सञ्जय सिंहले नागरिकन्युजलाई बताए। राजपा वर्तमान काँग्रेस–माओवादी सत्ता गठबन्धनको समर्थक पार्टी हो। सरकारले पेश गरेको संविधान संशोधनको प्रस्ताव यसअघि संसदले अस्वीकृत गरेको थियो। त्यतिबेला एमालेले संविधान संशोधनको विपक्षमा मतदान गरेको थियो।

संविधान सभाबाट जनप्रतिनिधिले निर्माण गरेको संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि ५ महिना लामो नाकाबन्दी गरेको थियो। तराई केन्द्रित दलहरुले पनि संविधानप्रति असन्तुष्टि राख्दै आएका छन्।

 

प्रकाशित: १३ भाद्र २०७४ १०:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App