चक्रपथ चौडा पार्ने काममा तीव्रता

सोमबार, १२ भदौ २०७४, २० : १२ नागरिक

काठमाडौं—सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त पहलमा चक्रपथ सडक चौडा गर्ने कार्यलाई तीव्रता दिइएको छ। उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउनका लागि विभाग, महाशाखा र काठमाडौँ महानगरपालिका मिलेर शनिबारदेखि हरेक दिन बिहान दुई घण्टा चक्रपथ चौडा गर्ने कार्यलाई तीव्रता दिएका हुन्।

विभाग, महाशाखा र महानगरपालिकाले चक्रपथ क्षेत्रमा ट्राफिक नियमसम्बन्धी साइनबोर्ड राख्ने, खाल्टो परेका सडक पुर्ने, सडकमा मार्किङ (धर्का तान्ने), बसबिसौनीलाई व्यवस्थित गर्ने, सडकमा रहेका पोल सार्ने र डोजर लगाउने काम गर्दै आएको छ।

यसैगरी चक्रपथमा रहेका अनावश्यक रुख काट्ने तथा नयाँ रुख रोप्न विभाग, महाशाखा र महानगरपालिकाको टोलीले वन विभागसँग समन्वय गर्ने जनाइएको छ।

महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले शुरुमा महाराजगञ्जदेखि कलंकी क्षेत्रमा सडक चौडा पार्ने र त्यसपछि अन्य ठाउँमा काम गर्ने जानकारी दिए।

'उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि यो कामले सहयोग पुग्नेछ', खनालले भने। सडकलाई व्यवस्थित गर्ने कार्यमा विभाग, काठमाडौँ महानगरपालिका र महाशाखाका कर्मचारी खटेका छन्। रासस








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad