१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

तबलाको तालमै जीवन

धाधिं धिं धा

धा˜˜धात्रकधिन

अच्युतराम भण्डारीले तबलाबजाउनथालेको करिब पाँचदशकभइसक्यो।उनको रहर अझै मरेको छैन। बरु जीवन्तबन्दै छ। तबलासँगको उनको मोह जीवनजतिकै प्यारो छ ।त्यसैले त उनीभन्ने गर्छन्–'तबलाबजाउँदाबजाउँदै मर्न पाऊ।'

तबलाप्रतिकोमोहयसले दिएको अथाहआनन्दसँगजोडिएको बताउँछन् उनी। तबलाले घरबार मात्रहोइन, समाजमा योगदानदिनसक्ने समेत बनाएको छ उनलाई। कुनै बेलाभजनकिर्तनमासीमिततबलाअहिले सामाजिक सहयोगअभियानमा समेत घन्कने गरेको छ। इथियोपियाको भोकमरीअन्त्यकालागिडेनमार्कमाहोस् वायुवा वैज्ञानिक रिजन कार्कीलाई विदेश जाने  रकम जुटाउने अभियानकालागि नेपालमै, उनी टुप्लुक्क पुग्छन् तबलाबोकेर।

'कुनै बेला यो मेरा इच्छा पूरा गर्ने माध्यमथियो,' उनी भन्छन्, 'अहिले यो धेरैको आवश्यकतापूरा गर्ने साधनबन्नपुगेको छ।' प्रसिद्ध तबलाबादकजाकिर हुसेनबाट समेत तवलाको ज्ञान हासिल गरेकाउनले नेपालमाथुप्रै चेलाजन्माएका छन्। तीमध्ये धेरैले तबलाबाटैआयआर्जन गर्न थालेका छन्। दुई दर्जनभन्दा बढी अहिले उनीसँगसिक्दै छन्। यसमा एक दर्जनजतिलाई त उनले निःशुल्कनै तबला सिकाउँछन्।

तबलाप्रतिउनको लगावगहिरो छ। २०७२ सालको महाभूकम्पमा दुर्घटनामा परीदुवै खुट्टाभाँचिँदा समेत उनले तबलाभुल्न सकेनन्। पलेटीमारेर बजाउननमिल्ने भएपनि मुढामाथि तबला राखेर ह्विलचियरमै बसेर समेत बजाउनभ्याए। 'तबलाको ताल रगतमा समेत बगेको छ,' उनले भने, 'यसको तालसँगै जीवनपाएको महसुस हुन्छ।' दुर्घटनामा परेपछि उनको गोडामा राखिएको स्टिल यसै साता अस्पतालमा निकालिँदै छ। तर,तबलाप्रतिको उनको मोहभने स्टिल भन्दापनिमजबुत देखिन्छ। 'संगीतमै रमाउने गरेको छु,' उनी भन्छन्, 'यही नै मेरो जीवनको उद्देश्यभएको छ। त्यसैले उनीतबलानबजाई दिन कटाउनै नसक्ने सुनाउँछन्।

संगीतबारे धेरै जानकारी नभएपनिबिहानैदेखि घरमा घन्कने तबलाको धुनबाट उनकीश्रीमतीदिक्कमान्दिनन्। उनलाई संगीतको खासै रुचि छैन। तर,यसको महŒवउनले बुझेकीछिन्। उनी घरायसीधन्दामाव्यस्त रहिन्छन्। त्यसैले अच्युतरामले संगीतमै सबै जीवनदिनभ्याएका छन्।'मेरो सफलताको आधाश्रेय उनलाई पनिजान्छ,' उनले घरधन्दा निपट्दा म तवलासँग   रमाउनपाएको छु।' तबलाको जोडी जस्तै आफूहरूको सम्बन्ध रहेको उनी सुनाउँछन्। 'एक बिनाअर्कोको तालले पूरा हुनै सक्दैन,'उनले भने, 'मेरो जीन्दगीमापनिउनको भूमिका यस्तै छ।'

पण्डितहोमनाथउपाध्यायकाशिष्य भण्डारीले गुरुकानाममा पुरस्कार स्थापनागर्ने सोच समेत बनाएका छन्। तबलाप्रतिआकर्षित युवा पिढीको प्रोत्साहनकालागि यस्तो गर्न लागेको उनले सुनाए।'आगामीवर्षदेखि 'पं होमनाथतबला पुरस्कार ' वितरण गर्ने सोच बनाएको छु,' उनले भने, 'यसबाट नयाँ पिढीले प्रोत्साहनपाउने विश्वास लिएको छु।'

हरेक शनिबार गुह्येश्वरीस्थितउनकोनिवासमादुई दर्जन जतिबालबालीका संगीतसिक्न आइपुग्छन्। तीमध्ये आधाजतिनिःशुल्क सिक्छन्।'संगीतसिक्नचाहनेकालागिपैसा अवरोध नहोस भन्ने मेरो चाहनाहो,' उनले भने, 'पछि अझै धेरैलाई निःशुल्कसिकाउने लक्ष्य राखेको छु।'

उनको यो अभियानले समाजलाई समेत जोड्ने काम गरेको छ। कक्षा ६ मा पढ्दै गरेकीजनकपुरकी सुजिता मण्डल र कक्षा ३ मा पढ्दै गरेका राजधानीका मणि रिमाल सँगै बसेर तबला बजाउँछन्। रौतहटकाचन्दनकुमार चौधरी भक्तपुरका सुजललाई ताथै सिकाउँछन्। 'सबै समुदायकामानिसको तबलाको तालमा रमाएका छन्,' भन्डारी भन्छन्, 'यो दृश्यनियाल्दापनिनिकै खुसी मिल्छ।'

यसबाहेक यहाँबाटसीपसिकेर गएकाले आम्दानीगर्न थाल्दाझन्खुसीमिल्ने भण्डारीले सुनाए। यही बसेर तबलासिकेकाबारा, बडेर्वाकाशितलपराजुलीले केही समयअगाडि तबलाबजाएरै २८ हजार कमाइ गरेको सुनाए। 'भजन, सप्ताहदेखि विभिन्न सांगीतिककार्यक्रममातबलाबजाउनपाउने भएका छन्,' भण्डारीले सुनाए,  'सीपको सदुपयोग गरेर नानीहरू अगाडि बढ्दा खुसी लाग्छ।'

तबलाको महत्व पछिल्लो समयमा बढ्दै गएको उनले सुनाए।  विगतमाभने त्यस्तो नरहेको उनको बुझाई छ। २०१६ सालमागोकर्णको सुन्ताखानमाजन्मिएका भण्डारीले घरमाहुने भजनको समयमा ९ वर्षकै उमेरदेखि तबलाबजाउनथालेकाहुन्। सुरुमा रहरमाबजाएको तबलाअहिले उनको सबैथोक भएको छ।१७वर्षको उमेरदेखि व्यावसायिकरूपमातबलाबजाउनथालेका भण्डारीले २१ वर्षकै उमेरमातबलाबजाउन युरोपजाने अवसर समेत पाए। तबलाबजाउँदै उनीयुरोप, अमेरिकादेखि संसारकादुई दर्जनभन्दा बढी मुलुक डुलिसकेका छन्।

'तबलको उडान गज्जबको छ,'उनी भन्छन्, 'यसको तालले मनलाई  आनन्दतिर उडाउँछ।'

उनलेतबलाबजाउने मात्र हैन, यसबारे विभिन्न पुस्तक समेत लेखेका छन्। आफूसँग सिक्नआउननपाउनेले किताब पढेर ज्ञान हासिलगरुन्भन्ने उद्देश्यले यसो गरेको उनले सुनाए। 'तालानन्द', 'अ ग्ल्यान्स प्ले अन तबला', र 'दिव्यतालसूत्र'उनकाचर्चित पुस्तकहुन्। हारमोनियम समेत राम्रो ज्ञान भएका भण्डारीले प्रसिद्ध हारमोनियम साधना पुस्तकप्रकाशित छन्।

यसबाहेक उनकाथुप्रै पुस्तकप्रकाशोन्मुख छन्। 'संगीत क्षेत्रमा राज्यले चासो दिनुपर्ने हो,' उनले भने, 'मैले सकेजतिआफ्नै ठाउँबाट गर्ने प्रयास गरेको छु।'

ओम श्रृगंरा नेपालनामक सांगीतिक समूह समेत रहेको छ। यसमातबलाउनीआफै बजाउँछन् भने सितार डा अञ्जु उप्रेतीले बजाउने गर्छिन्। त्यसैगरी सारंगी परशुराम भन्डारीले रेट्छन्भने बासुरी ध्रुवउप्रेतीले बजाउँछन्। उनकी छोरी सीताले बुबालाई तानपुरामा साथदिने गरेकी छिन्। उनीयही समूहसँग देश विदेशकाविभिन्न ठाउँमा पुग्ने गर्छन्।

भारतको इलाहावादबाट संगीतमा स्नातकोत्तर गरेका भण्डारीले  अढाइ दशकभन्दा बढी समय त्रिभुवनविश्वविद्यालयमा संगीतविषयको प्राध्यापान समेत गरे। संगीतका सबै क्षेत्रमा सहजपहुँचहोस्भन्ने उनको चाहना छ। संगीत क्षेत्रलाई राज्यले  केहीउपेक्षा गरेको उनको गुनासो छ। 'संसारभर संगीतको उत्थानकालागित्यहाँका राज्य जुटेका छन्,' उनी भन्छन्, 'तर,हाम्रो देशमाअझै प्रभावकारी ढंगले त्यो कामहुन सकेको छैन।'

तबलाबजाउँदाऔला केहीदुख्ने गरेपनियसले मनलाई शान्तिदिने उनको अनुभव छ। उनकालागितबलाको ताल मुटुको धड्कन जस्तै लाग्छ। औलाले तबलामाहिर्काए पनि बल मुटुको लाग्ने उनले सुनाए। 'मुटुको बलले तबला पिटे यसले राम्रो धुन निकाल्छ,' उनी सुनाउँछन्।

तबलाको ताललाई उनीजीवनसँगजोडिएको बताउँछन्।'रुदै गरेको बच्चालाई जसरी पिठ्यूमाथपथपाएर फुलाइन्छ,' उनी भन्छन्, 'मन रोएकातबलाको थपथपाहटबाट शान्तभएको पाएको छु।'

तबलाको आविष्कार कहिले भयो?

तेह्रांै सताब्दीतिर प्राचीनबाजा मृदङलाई दुई टुक्रा बनाएपनितबलाको आविष्कार भएको धेरैको मान्यता रहेको भण्डारीले सुनाए। तबलाको आविष्कार एउटा व्यक्तिविशेषको आविकार नभई प्राचीनअवनद्यवाद्यको परम्परा तथा समाजको अवाश्यक्ताअनुसार उर्ध्वक तथापुस्कर वाद्यको एक स्वस्थ संस्करण रहेको कतिपयको बुझाई छ। तबलाको आविष्कारपश्चात समयको परिवर्तनसँगै यसको बनोटमा विभिन्न परिवर्तन आएको छ।

तबलामाबायाँ र दायाँदुई साधन रहेका हुन्छन्। अचेल बायाँ  माटाका साथै तामापित्तल, स्टिलजस्ता धातुबाट निर्माण हुने गरेको छ भने दायाँबिजयसाल, निम, सिसौजस्ता काठबाट निर्माण हुने गरेको भन्डारीले बताए।

प्रकाशित: १२ भाद्र २०७४ ०६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App