१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पन्चानब्बे वटा राजनीतिक दल दर्ताको निवेदन

काठमाडौँ- आगामी मंसिरमा १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि विभिन्न ९५ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्।

आयोगले तोकेको समयसीमा आज साँझ ६ बजेसम्म ९५ वटा राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।

प्रवक्ता शर्माले आयोगमा दल दर्ताका लागि निवेदन दिएका दलले आयोगमा बुझाएका कागजातमाथि छानबिन गरी संविधान र कानूनअनुसार भएमा दल दर्ता गरिने जानकारी दिए। हरेक निर्वाचनमा भाग लिने राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सम्बन्धित कर्मचारीलाई भदौ २५ गतेभित्र दलको कागजात छानबिन पूरा गरी आयोगमा पेश गर्न निर्देशन दिएको आयोगले जनाएको छ। दर्ता भएका ९५ राजनीतिक दलमध्ये पाँचवटा राजनीतिक दलले एकल निर्वाचन चिह्न लिएर निर्वाचनमा भाग लिन निवेदन दिएको आयोगले जनाएको छ।

संविधानको धारा २६९ अनुसार निर्वाचन आयोगमा हाल १२२ दल दर्ता रहेका छन्। यसअघि स्थानीय तह निर्वाचनका लागि आयोगमा ८० राजनीतिक दलले दर्ता गराएकामा ६३ वटा दलले मात्र भाग लिएका थिए। निर्वाचन आयोगमा वार्षिक खर्चको हिसाब बुझाउने दलको सङ्ख्या भने १०२ रहेको छ। रासस

 

प्रकाशित: ११ भाद्र २०७४ १४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App