प्रधानमन्त्रीको भारत भ्रमण सफल : कार्यबाहक सभापति निधि

आइतबार, ११ भदौ २०७४, १९ : १८ नागरिक

काठमाडौं- नेपाली कांग्रेसका कार्यबाहक सभापति विमलेन्द्र निधिले प्रधानमन्त्री शेरबहादुर देउवाको भारतको राजकीय भ्रमण राजनीतिक, आर्थिक र कूटनीतिक रुपमा सफल भएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री देउवाको भारत भ्रमण सबै दृष्टिकोणले सफल भएको उनले दाबी गरे।

'प्रधानमन्त्री देउवाको भारत भ्रमणले नेपाल-भारत सम्बन्ध राजनीतिक, आर्थिक र कूटनीतिक दृष्टिबाट सुदृढ भएको छ, भ्रमणले दुई देशको सम्बन्धलाई अझै बलियो बनाएको छ र विश्वासको वातावरण बढेको छ,' उनले भने। भ्रमणले दुई देशको सम्बन्ध पहिलेभन्दा थप सुदृढ भएको उनको भनाइ थियो।

प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा संविधान कार्यान्वयन सम्बन्धमा दिएको अभिव्यक्तिबारे कार्यबाहक सभापति निधिले संविधानलाई सर्वस्वीकार्य बनाउन अन्तर्राष्ट्रियजगत्को समेत सहयोग चाहिने सन्दर्भमा अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्र र संविधानको पक्षमा प्रधानमन्त्रीको अभिव्यक्ति परिपक्व र सार्थक भएको स्पष्ट पारे।

उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा संघीय प्रणाली हामीलाई मन परेको छैन भनेर भनेको कुरा सञ्चारमाध्यममा सार्वजनिक भएको भन्दै देशको आन्तरिक मामलाका बारेमा बोलेको भन्दै आपत्ति प्रकट गरे। उनले अध्यक्ष ओलीले चीनमा गएर बोलेको कुराले नेपालको शिर निहुर्याउने काम भएको टिप्पणी गरे।

निधिले एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उत्तर कोरिया भ्रमण नेपालको परराष्ट्र नीति विपरीत भएको आरोप लगाए। उनले नेपाल संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र भएकाले उत्तर कोरियामाथि संयुक्त राष्ट्रसङ्घले नाकाबन्दी गरेको बेला नेता नेपालले गरेको उत्तर कोरियाको भ्रमण परराष्ट्र मन्त्रालयको सुझाव विपरीत भएको बताए।





यसमा तपाईको मत

अन्य समाचार

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

Ncell Footer Ad