१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तानसेनमा एक युवक मृत फेला

रामपुर – तानसेन नगरपालिका–८ मा एक व्यक्ति मृत फेला परेका छन्। 

तानसेन नगरपालिका–५ धरमपानी बस्ने ४२ वर्षीय नरसिंह विक शनिबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश पण्डितले जानकारी दिए। 

तानसेनको बाँसटारीमा तामाको भाँडा उद्योग सञ्चालन गर्दै आएका विक शुक्रबार भालेवास जाने भन्दै घरबाट निस्केको आफन्तले बताएका छन्। 

घटनाबारे अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक पण्डितले बताए। शव परीक्षणपछि शव आफन्तलाई बुझाइएको छ। रासस 

प्रकाशित: १० भाद्र २०७४ ११:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App