१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

विद्यार्थीले बनाए पानी रकेट

पानी र हावाको मिश्रणको चापबाट चल्ने रकेट तयार हुँदा मनकामना माविकी कक्षा १० मा अध्ययनरत सुकृति अधिकारीको अनुहारमा बेग्लै चमक देखियो । उनले बनाएको रकेट देखेर उपस्थित शिक्षक र विद्यार्थी पनि दंग थिए ।
करिब ८० मिटर पर राखिएको निशानालाई लक्षित गरी वाटर रकेट प्रक्षेपणपछि अधिकारीले भनिन्, ‘विज्ञान पढेको स्वाद त बल्ल पो आयो ।’ कार्यशालाले विज्ञान क्षेत्रमा नेपालले केही गर्न सक्ने सम्भावना देखाएको उनी बताउँछिन् । 

काठमाडौं पूर्वी क्षेत्रीय विज्ञान शिक्षक समाजको संयोजकत्वमा ‘पानी रकेट बनाउने बृहत विज्ञान प्रयोगात्मक कार्यशाला’ आयोजना गरिएको हो । कार्यशालामा विद्यार्थीलाई पानी र हावाको मिश्रणको चापबाट चल्ने रकेट बनाउन सिकाइएको थियो । 

कान्तिभैरव मावि, थली डाँछीमा भएको कार्यशालामा कक्षा ६ देखि १० सम्मका विद्यार्थीले बनाएका १ सय ४० वाटर रकेट प्रक्षेपण गरिएको थियो । 

काठमाडौं पूर्वी क्षेत्रीय विज्ञान शिक्षक समाजको संयोजकत्वमा ‘पानी रकेट बनाउने बृहत विज्ञान प्रयोगात्मक कार्यशाला’ आयोजना गरिएको हो । कार्यशालामा विद्यार्थीलाई पानी र हावाको मिश्रणको चापबाट चल्ने रकेट बनाउन सिकाइएको थियो । 

‘विद्यार्थीले पानी रकेट बनाएर उडाउँदा छुट्टै आनन्द हुँदो रहेछ,’ कार्यशाला संयोजक युवराज निरौलाले भने, ‘अब यस्ता गतिविधि निरन्तर गरेर विज्ञान सिकाइ प्रभावकारी बनाउनु आवश्यक छ ।’ कार्यशालाको संयोजन निरौला र डम्बरुप्रसाद पोखरेलले गरेका थिए । 
कार्यशालाले विद्यार्थीलाई नयाँ ढंगले सोच्न सहयोग पुग्ने नेसार्कका अध्यक्ष तथा नेपाल स्याटलाइट सम्भावनाका अनुसन्धानकर्ता इन्जिनियर कृष्णराज अधिकारीको अनुमान छ।

भदौ १० गते गोदावरीमा हुन लागेको राष्ट्रिय वाटर रकेट प्रतियोगितालाई लक्षित गरी कार्यशाला आयोजना गरिएको हो । नेपाल विज्ञान क्रियाकलाप तथा अनुसन्धान केन्द्रको आयोजना तथा विज्ञान शिक्षक समाज नेपालको संयोजकत्वमा प्रतियोगिता हुन लागेको छ । 

कार्यशालाले विद्यार्थीको सीप अभिवृद्धि गरी आत्मविश्वास जगाएको समाजका महासचिव विजयकान्त मिश्रले बताए । 
प्रतियोगितामा मुलुकभरका करिब सय विद्यालयको सहभागितामा हुने सचिव मनोज आचार्य जानकारी दिए । उनका अनुसार प्रतियोगिताबाट छनोट हुने ६ विद्यार्थी आउँदो नोभेम्बरमा भारतको बेङ्लोरमा हुने विश्व वाटर रकेट प्रतियोगितामा सहभागी हुनेछन् ।

प्रकाशित: ९ भाद्र २०७४ ०८:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App