१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सर्पको डसाइबाट महिलाको मृत्यु

राजविराज- सप्तरीको सुरुङगा नगरपालिका-५ मा गएराति सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५५ वर्षीया सुगवतीदेवी यादव रहेकी छन्। राति शौच गर्न बाहिर निस्कने क्रममा आफ्नै घरको आगनमा लुकेर बसेको विषालु सर्पले यादवलाई डसेको थियो।

सर्पको डसाइबाट सिकिस्त भएकी उनलाई उपचारका लागि राहु स्मारक अस्पताल लहानमा भर्ना गरे पनि उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडोरवनाले जनाएको छ। यस्तै सप्तरी जिल्लाको अधिकांश ठाउँमा सर्पको बिगबिगी बढेको छ ।

खासगरी बाढी प्रभावित क्षेत्र रम्पुरा मल्हनीया, सकरपुरा र डलुवा तथा तिलाठीसहितका ठाउँमा सर्पको बिगबिगी बढेको बाढीपीडितको भनाइ रहेको छ। रासस

प्रकाशित: ९ भाद्र २०७४ ०७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App