१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

छिन्चु–जाजरकोट सडकलार्इ स्थायी ‘रुट पर्मिट’ प्रदान

जाजरकोट– यातायात व्यवस्था विभागले छिन्चु–जाजरकोट सडकलाई स्थायी ‘रुट पर्मिट’ दिएको छ।

विभागले यसअघि सल्यानको सल्ली बजारसम्म मात्र स्थायी रुट पर्मिट उपलब्ध गराएको थियो। स्थायी पर्मिट पाएसँगै अब उक्त सडकखण्डमा सरकारी भाडादर कायम हुनेछ । सदरमुकामबाट नेपालगन्जसम्म अब सरकारी भाडादर कायम हुनेछ।

खलङ्गाबाट नेपालगन्जसम्म भाडादर रु ४६४ र खलङ्गाबाट काठमाडौँसम्मका लागि रु एक हजार ३३६ कायम भएको छ। सदरमुकाम खलङ्गाबाट नेपालगन्ज १८८ किलोमिटर र काठमाडौँ ६८५ किमीको दूरीमा रहेको छ।

स्थायी रुट पर्मिट नआउँदासम्म यातायात व्यवशायीले यात्रुबाट काठमाडौँका लागि रु एक हजार ८०० देखि रु दुई हजार ५०० सम्म भाडा लिँदै आएका थिए भने नेपालगन्जका लागि रु ९०० देखि रु एक हजार २०० सम्म लिने गरेका थिए। यातायात व्यवसायीले तोकिएको भाडादर कार्यान्वयन गरे नगरेको अनुगमन गरिने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए। रासस

 

प्रकाशित: ११ श्रावण २०७३ १२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App