१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाढी पीडितलाई ह्वाइट जोनको राहत

इटहरी- अमेरिका स्थित दी ह्वाइट जोनले सुनसरीका बाढी पीडितलाई राहत वितरण गरेको छ। सुनसरीको विभिन्न स्थानका पीडितलाई चामल, ब्लाङ्केट, कपडालगायत राहत वितरण गरिएको हो। इटहरीस्थित भवानीपुर र रामधुनीका सय बढी पीडित परिवारलाई राहत वितरण गरेको दी ह्वाइट जोनका काेषाध्यक्ष सजक योञ्जन तामाङले जानकारी दिए।

विद्यार्थीको अन्तर्राष्ट्रिय सञ्जाल रहेको यो संस्थाले समाजिक काम गर्दै आएको छ। पीडितलाई सहयोग गर्न पाउँदा आफ्नो टिम धेरै खुसी भएको तामाङले जानकारी दिए। 'यस्तै कठिनाई भएको बेला हामीले हातेमालो गर्दै आएका छौं। हाम्रो सानो सहयोगले उहाँ निकै खुसी हुनुभयो,' उनले भने।

 

प्रकाशित: ८ भाद्र २०७४ ०५:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App