१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मञ्च र डिसबीच सम्झौता नवीकरण

काठमाडौं- यसै महिनाको अन्त्यमा हुने पल्सर स्पोर्ट्स अवार्डका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र डिस मिडिया नेटवर्कबीच सह प्रायोजन सम्झौता नवीकरण भएको छ। मञ्चका अध्यक्ष महेश आचार्य र डिस मिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदीप आचार्यले बुधबार सम्झौता नवीकरणपत्रमा हस्ताक्षर गरे।

मञ्चले प्रत्येक वर्ष गर्दै आएको अवार्डको भदौ २६ मा हुने १४औं संस्करणका लागि भएको सम्झौताअनुसार डिस मिडियाले मञ्चलाई ३ लाख ८० हजार रुपैयाँ उपलब्ध गराउनेछ। सम्झौताअनुसार डिस मिडियाले २ लाख ५० हजार रुपैयाँ नगद हुनेछ भने बाँकी डिस होमको सेटअप बक्स र रिचार्ड कार्ड उपलब्ध गराउनेछ। डिस मिडियाले पछिल्लो सात वर्षदेखि अवार्डलाई सह प्रायोजन गर्दै आएको थियो।

डिस मिडियाका सिइओ आचार्यले मञ्चसँगको सह प्रायोजनलाई निरन्तरता दिन पाउँदा खुसी भएको बताए। 'नेपाली खेलकुदको विकासमा यो सह प्रायोजन सहयोगी हुनेमा हामी विश्वस्त छौं। खेलकुदले देशलाई जोड्ने काम गर्छ, हामी पनि खेलकुदमा केही गर्न चाहिरहेका छौं,' आचार्यले भने।

मञ्चका अध्यक्ष आचार्यले डिस मिडियाले सह प्रायोजनमा निरन्तरता दिएकोमा खुसी व्यक्त गरे। ‘डिस मिडियासँगको सम्झौताले निरन्तरता पाउँदा हामीलाई हौसला मिलेको छ। यसले आगामी दिनमा पनि निरन्तरता पाउनेमा हामी आशावादी छौं,’ उनले भने।

प्रकाशित: ८ भाद्र २०७४ ०४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App