१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एसएसपी श्रेष्ठलाई डिआइजी बनाउन सिफारिस

काठमाडौं- उपचारका क्रममा कोमामा रहेका एसएसपी राजेन्द्रमान श्रेष्ठलाई बढुवामा छुटाउँदा आलोचित भएको गृह मन्त्रालय र प्रहरी नेतृत्वले डिआइजीको विशेष पद निर्माण गरेर बढुवा सिफारिस गरेको छ। एसएसपीको बरियतामा तेस्रो नम्बरमा रहेका एसएसपी श्रेष्ठ ब्याडमिन्टन खेल्ने क्रममा ढलेपछि कोमामा पुगेका थिए। उनी अहिले उपचारमै छन्। तीन साताअगाडि निकालेको बढुवा सिफारिस सूचीमा उनको नाम परेको थिएन।

बढुवा सिफारिस समितिको मंगलबार बैठक बसेर डिआइजीको एक विशेष पद निर्माण गरी त्यसमा श्रेष्ठको नाम सिफारिस गरेको हो। सिफारिस सूचीअनुसार उनले ८०.८ नम्बर पाएका छन्। यसअगाडि भएको बढुवामा उनको नाम नछुटेको भए उनी तेस्रो नम्बरमा सिफारिसमा पर्थे।

 

प्रकाशित: ८ भाद्र २०७४ ०२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App