१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

यस्तो देखियो पिताको मुख हेर्ने पर्व (फोटो फिचर)

सोमबार गोकर्णेश्वरमा लागेको मेला। तस्विरः दिनेश गोले

काठमाडौं—प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बुवाको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइएको छ। यो पटक भाद्र कृष्ण औँसी सोमबार परेकाले पनि यसलाई विशेष रुपमा मनाइएको छ।

‘पितृदेवो भव’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गरेका छन्।

बिहान उठेर नबोलीकन स्नान गरेमा एक हजार गाई दान गरेबराबरको फल पाइने धर्म ग्रन्थ हेमाद्रिमा वर्णन गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका विभागाध्यक्ष प्राडा देवमणि भट्टराई बताउँछन्।

यसैगरी आज दिवंगत पितालाई तर्पण, सिदा दान र श्राद्ध गरेर एवम् जीवित पिताप्रति आदर सम्मानका साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइएको छ। गोकर्णेश्वरमा तर्पण, सिदा दान र श्राद्ध गर्नेहरुको सोमबार भीड लागेको थियो। गोकर्णमा विशेष मेला समेत लाग्ने भएकोले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ।

‘पितृदेवो भव’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गरेका छन्।

भाद्र कृष्ण औँसीकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्म गर्नका लागि आवश्यक पर्ने कुश उखेलिन्छ। आजका दिन वैदिक मन्त्रोच्चारणपूर्वक उखेलिएको कुश यो वर्ष सोमबारे औँसी परेकाले १२ वर्षसम्मका कर्ममा प्रयोग गर्न सकिने र अन्य वर्षको कुशे औँसीका दिन उखेलिएको कुश त्यो वर्ष मात्र प्रयोग गर्न सकिने शास्त्रमा उल्लेख छ।

औँसी बाहेका दिन उखेलिएको कुश भने त्यसदिन मात्र प्रयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको अध्यक्ष गौतमले बताए। हिन्दूहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्। कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा मानिन्छ। आजका दिनमा घर घरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पापमुक्त भइन्छ भन्ने मान्यता छ।

सबै फोटो : दिनेश गोले

सोमबार गोकर्णेश्वरमा लागेको मेला। तस्विरः दिनेश गोले
सोमबार गोकर्णेश्वरमा लागेको मेला। तस्विरः दिनेश गोले
सोमबार गोकर्णेश्वरमा लागेको मेला। तस्विरः दिनेश गोले
सोमबार गोकर्णेश्वरमा लागेको मेला। तस्विरः दिनेश गोले
सोमबार गोकर्णेश्वरमा लागेको मेला। तस्विरः दिनेश गोले
सोमबार गोकर्णेश्वरमा लागेको मेला। तस्विरः दिनेश गोले
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App