१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जाँतेमा खानेपानी हाहाकार

उर्लाबारी – बाढी र पहिराले पाइप बगाएपछि लेटाङ नगरपालिकास्थित जाँतेमा खानेपानीको हाहाकार भएको छ। 

लेटाङ– ८ र ९ स्थित जाँतेमा गत शनिबारको बाढीपहिराले खानेपानीको पाइप बगाएपछि स्थानीयवासी एक सातायता खोलाको धमिलो पानी पिउन बाध्य छन्। अविरल वर्षासँगै खसेको पहिरो र तेली खोलामा आएको बाढीले जाँते खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पाइप बगाएको समितिका अध्यक्ष डिल्ली विश्वकर्माले जानकारी दिए। उनका अनुसार बाढी र पहिराले १० ठाउँमा पाइप बगाएको छ। 

विसं २०३९ देखि सञ्चालित खानेपानी योजनाको पाइप बगाएपछि जाँतेका एक हजार ५०० घरधुरी खानेपानीको सुविधाबाट वञ्चित छन् । बाढीले तीन हजार ५०० मि पाइप बगाएको हो । तत्कालै पाइप जोड्न सक्ने अवस्था नरहेको र गाउँले मिलेर केही स्थानमा पाइप जोडे पनि वर्षा भइरहेकाले फेरि खोलाले भत्काएको अध्यक्ष विश्वकर्माले बताए। तेली खोलाको मुहानबाट ल्याइएको पानी स्थानीयवासीलाई वितरण गरिएको छ । रासस 

प्रकाशित: १ भाद्र २०७४ ११:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App