१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जिससको पहिलो बैठक विपदको घटनामा केन्द्रित

नुवाकोट – जिल्ला समन्वय समिति नुवाकोटको पहिलो बैठक विपतको घटना, उद्धार र राहतमा केन्द्रित भएको छ । जिसस नुवाकोटको प्रमुख शन्तमान तामाङको अध्यक्षतामा बसेको पदाधिकारीको बैठकले अहिले तराई क्षेत्रमा बाढीले पुर्‍याएको क्षति र पीडित भएका नागरिकहरूको दैनिकी सामान्य बनाउन नुवाकोटमा पनि राहत संकलन अभियान सुरु गर्न समन्वय गर्ने निर्णय गरेको छ ।

बैठकले नुवाकोटमा पनि राहत संकलन गर्न जिम्मेवारी संस्था तथा समूहलाई परिचालन गर्न समन्वय गरी सम्बन्धित पीडित समक्ष पु¥याउन भूमिका निर्वाह गर्ने निर्णय गरेको जिससका सचिव केशरबहादुर पण्डितले बताए । “जिल्लामा रहेका सुरक्षाकर्मी, रेडक्रस, स्काउट लगायतको संस्थाहरूलाई हुन सक्ने विपदमा उद्धार, खोज, उपचार र राहत वितरणमा प्रभावकारी भूमिका निर्वाह गर्नको लागि तयारी रहन बैठकले आग्रह गरेको छ,” पण्डितले भने ।

जिससले बर्खायामको समयमा जिल्लामा हुनसक्ने दैवी प्रकोप एवम् अन्य प्राकृतिक घटना रोक्न जिल्लामा उपलब्ध श्रोत र साधनलाई समेत प्रयोग गर्ने जनाएको छ।

जिससले नेपालीहरुको महान पर्व दशै अघि नै जिल्लाभर रहेको सवारी साधन पुग्ने सडकहरुको स्तरउन्नती गरी सार्वजनिक सवारी साधन पुराइसक्ने लक्ष्य राखेको छ। 

प्रकाशित: १ भाद्र २०७४ ११:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App