१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

क्यान्सरपीडितलाई संखुवासभा समाज हङकङको सहयोग

काठमाडौं—क्यान्सर भएर आर्थिक अभावमा उपचार गर्न नसकिरहेका संखुवासभा पाँचखपनका गजेन्द्र कठेतलाई संखुवासभा समाज हङकङले आर्थिक सहयोग गरेको छ। नेपाल आर्मीमा कार्यरत कठेतलाई बोनम्यारो ट्रान्सप्लान्ट गर्नका लागि समाजले ३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।

संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएशन (एसकाज)को समन्वयमा बिहीबार एक कार्यक्रमकाबीच बिरामी कठेतलाई उक्त रकम संखुवासभा समाज हङकङका सचिव लिलाबहादुर गुरुङ र एसकाजका अध्यक्ष हेमन्त गौतमले संयुक्तरुपमा हस्तान्तरण गरे। लामो समयदेखि बिरामी रहेका कठेतलाई बोनम्यारो प्रत्यारोपणका लागि १६ लाख रुपैयाँ चाहिने हुँदा उनले सहयोगको अपील गरेका थिए।

‘हामीले विरामीको उपचारका लागि सहयोग संकलन गरेर ल्याएका हौं’ संखुवासभा समाज हङकङका सचिव गुरुङले भने, ‘एक नेपालीलाई समस्या पर्दा हामी सहयोगका लागि सदैव अगाडि नै हुनेछौं।’

यता आफ्नो उपचारका लागि आएको सहयोग रकम ग्रहण गर्दै बिरामी कठेतले भने, ‘अब केही दिनमा नै भारतमा उपचारका लागि जान्छु, अब बाँच्छु भन्ने आशा पलाएको छ।’ नेपाल आर्मीमा कार्यरत रहे तापनि उपचारका लागि प्रयाप्त पैसा नपाएको जनाउँदै बिरामी कठेतले संखुवासभा समाज हङकङललाई सहयोगका लागि आभार प्रकट गरे।

एसकाजका अध्यक्ष हेमन्त गौतमले संखुवासभा समाज हङकङलाई धन्यवाद दिदै भने, ‘धेरै सहयोगी भाव भएका संखुवासभालीहरु विदेशमा रहेकाले स्वदेशमा हुनेले कहिल्यै एक्लो महशुस गर्नुपर्ने छैन।’ हङकङमा रहेको संखुवासभा समाज पुरानो र स्थापित संस्था हो जसले संखुवासभाली मात्र होइन नेपाल र नेपालीहरुको सहयोगमा सदैव अग्रस्थानमा रहेर काम गरिरहेको छ। 

प्रकाशित: १ भाद्र २०७४ १०:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App